बाघको छाला र हड्डीसहित दुई पक्राउ

बाघको छाला र हड्डीसहित दुई पक्राउ

गोरखा : तनहुँको आबुखैरेनीबाट तीनवटा ध्वाँसे बाघको छाला र हड्डीसहित मंगलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिकास्थित बारपाकका ३५ वर्षीय इतबहादुर घले र नुवाकोट सुनखानीका २८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् ।

 बा १५ च ७४५६ नम्बरको स्कारपियो गाडी खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय आबुखैरेनी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैलाई वन्यजन्तु ओसारपसार ऐनअनुसार कारबाही गर्न जिल्ला वन कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.