तीन कोइरालाको लन्च बैठकमा के के कुरा भयो ?

तीन कोइरालाको लन्च बैठकमा के के कुरा भयो ?

काठमाडौँः प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस पराजित भएपछि पहिलो पटक कोइराला परिवारका तीन नेता एकैठाउँ जुटेका छन् । निर्वाचनमा पराजयको समिक्षामा ढिलाइ भइरहेको अवस्थामा केन्द्रीय समिति बैठकको दुई दिनअघि कोइराला परिवारका तीन सदस्यबीच लन्च बैठक भएको हो ।

कांग्रेस नेतृ सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा कांग्रेस महामन्त्री शशांक कोइराला, नेता शेखर कोइरालासहित लन्च बैठक भएको हो ।

केन्द्रीय समिति बैठक बस्नुअघि तीन नेता जुट्नुलाई कांग्रेसमा अर्थपूर्णरुपमा लिइएको छ । कोइराला परिवारका यी तीन नेताबीच के के कुरा भयो त ?

‘अहिले उहाँहरु तीनैजना निर्वाचनमा कांग्रेसको नमिठो पराजयको समिक्षामा जुट्नु भएको छ । पराजयको कारण खोजी उहाँहरुको प्रमुख प्राथमिकता हो’, नेता शेखर कोइरालका निजी सहायक दिनेशचन्द्र थपलियाले अन्नपूर्ण अनलाइनसँग भने, ‘अहिले पार्टीको नेतृत्वबारे चर्चा नै भएन । उहाँहरु तीनैजनाले केन्द्रीय समिति बैठकमा एउटै मत व्यक्त गर्ने कुरामा सहमति गर्नुभएको छ ।’

निर्वाचनपछि भएको पहिलो भेटलाई कोइराला परिवारले भने पारिवारिक भेट भनेको छ । ‘यद्यपि पारिवारिक भेट भए पनि राजनीतिक कुरामा गम्भीर छलफल भएको छ’, थपलियाले भने, ‘कांग्रेसको हारको समिक्षा अब केन्द्रीय समितिमा हुनुपर्छ । त्यसपछि महासमिति सदस्यहरुको बैठक डाकेर पराजयका कारण खोजी नयाँ ढंगले अघि बढ्नुपर्नेमा उहाँहरुबीच एकमत छ ।’

कांग्रेसमा १२ सय जना भन्दा धेरै महासमिति सदस्य छन् । ती नेताले पराजयबारे एकअर्कालाई आक्षेप लाउने भन्दा संस्थागत रुपमै कारण खोजेर अघि बढ्नुपर्ने साझा धारणा केन्द्रीय समिति बैठकमा राख्ने भएका छन् ।

‘पार्टी संस्थागत रुपमा चल्न सकेन । नेतृत्व पनि कम्जोर हुँदा राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका कम्जोर भयो’, लन्च मिटिङमा उहाँहरुको निचोड यही हो’, थपलियाले भने, ‘अन्तराष्ट्रिय क्षेत्रमा कांग्रेसले आफ्नो छवि गुमाउँदै गयो । सन्तुलित ढंगले कुरा गर्न सकेन । परराष्ट्र नीति कम्जोर भएकाले अब नयाँ शिराबाट बढ्नुको विकल्प रहेन ।’

तीन नेताको छलफलले कांग्रेस पार्टी नभइ झुन्डमा परिणत भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । पुरानै अवस्थामा फर्र्काएर कांग्रेसलाई हिँडाउन तीनजनाले कहाँ कहाँ के के गर्न सकिन्छ मिलेर काम गर्ने छलफल पनि उनीहरुबीच भएको छ ।

नेतृत्वबारे कुरा भएन

तीन नेताको भेटमा पार्टी नेतृत्व फेर्ने विषयमा कुरा नभएको थपलियाको भनाइ छ । ‘त्यहाँसम्म कुरा पुगेन । तीन कोइरालाको छलफल निर्वाचनको समिक्षा र पार्टीको कम्जोर छविमै केन्द्रित भयो’, थपलियाले अगाडि भने, ‘दुईचारजना बसेर गुटगत भेला गरेर कांग्रेस उँभो लाग्दैन । अब कांग्रेस इस्यु र एजेन्डामा एकमत हुन सक्नुपर्छ भन्ने उहाँहरुको निचोड थियो ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.