प्रदेश राजधानी माग गर्दै दाङ अनिश्चितकालीन बन्द

प्रदेश राजधानी माग गर्दै दाङ अनिश्चितकालीन बन्द

दाङ : प्रदेश राजधानीको माग गर्र्दै बुधवारदेखि दाङमा अनिश्चितकालीन बन्द गरिएको छ। ५ नं प्रदेशको राजधानी दाङमा हुनुपर्ने माग गर्दै दाङ राजधानी सरोकार समितिको सक्रियतामा अनिश्चितकालीन बन्द आह्वान गरिएको समितिका सदस्य सचिव सविन प्रियासनले जानकारी दिए।

बन्दका कारण बिहानैदेखि जिल्ला ठप्प रहेको छ। पूर्वपश्चिम राजमार्गको सवारी आगागमन पनि ठप्प भएको छ। जिल्लामा उद्योग कलकारखाना, यातायात, शिक्षण संस्था, व्यापार व्यवसाया बिहानैदेखि बन्द रहेका छन्। सरकारले उच्च अदालत भएको जिल्ला छोडेर राजनीतिक पहुँचका आधारमा रुपन्देहीमा प्रादेशीक मुकाम तोक्न थालेको भन्दै दाङमा नै प्रदेश मुकाम तोकिनुपर्ने माग राखेर मंगलबार देखि आन्दोलन सुरु भएको थियो।

बुधवार आन्दोलनलाई अझ कडा बनाइएको सचिव प्रियासनले जानकारी दिए। प्रदेश मुकामका लागि सबै पूर्वाधार, भौगोलिक अवस्था र आधारहरु दाङमा तयार भइरहेको र प्रदेशको मुख्य केन्द्रमा रहेको दाङ छोडेर भारतसँग जोडिएको रुपन्देहीको लुम्बिनी क्षेत्रमा मुकाम तोक्ने तयारी सरकारबाट हुनु जनताको भावना विपरित भएको जिल्लाका सरोकारवालाहरुले बताएका छन्।

दाङ प्रादेशीक राजधानी सराकार समिति, नागरिक समाज, राजनीतिक दल, उद्योगी व्यवसायीलगायत दर्जन बढी सामाजिक संघ संस्थाको आन्दोलनमा सहभागिता रहको छ। माग सुनुवाई नभएसम्म आन्दोलन फिर्ता नहुने नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले बताए।

राजधानी दाङ घोषणा नभए राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सञ्चालन गर्न नदिने तयारी समेत भएको समितिले जनाएको छ। दाङलाई प्रदेश नम्बर ५ को राजधानी नबनाउने चलखेल बढेको र राजनीतिक पहुँचका आधारमा एक कुनामा राजधानी राख्न थालिएको भन्दै उक्त कार्य कदापी हुन नदिने नागरिक समाजका संयोजक रेग्मीले बताए।

‘हाम्रो यो सांकेतिक आन्दोलन मात्रै हो, यो माग सुनुवाई भएनन् भने सडकमै सहादत प्राप्त गर्न तयार छौं, तर राजधानी छोडने वाला छैनौ। राजधानी बनाएर छोड्छौ' उनले भने। वर्तमान सरकारले प्रदेशको अस्थायी राजधानी तोक्दा गुल्मीदेखि बर्दिया, रुकुमदेखि नवलपरासीसम्मका नागरिकलाई पायक पर्ने स्थानको खोजी गरिनुपर्ने र त्यो उपयुत्त स्थान दाङ नै भएको दाबी समितिले गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.