मन्त्रिपरिषद् बैठक स्थगित : प्रदेश प्रमुख र केन्द्र तोक्न हम्मेहम्मे
काठमाडौं : कांग्रेसकै मन्त्रीको आन्तरिक विवादका कारण प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्न सरकार असफल भएको छ। बिहान साढे १० देखि सुरु भएको मन्त्रिपरिषद् बैठक विना निष्कर्ष टुंगिएको हो। सरकार निर्णयमा पुग्न नसकेपछि दिउँसाे तीन बजे पुनः मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
मन्त्रीपिच्छे प्रस्ताव आउन थालेपछि सरकारले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने विषयमा निर्णयमा पुग्न नसकेको हो। कांग्रेसकै मन्त्रीहरुबाट प्रमुख र केन्द्रको फरकफरक नाम प्रस्ताव गरिएपछि आन्तरिक विवादका कारण मन्त्रिपरिषद् बैठक निर्णयमा पुग्न नसकेको बताइएको छ।
सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले आज दिउँसाे तीन बजे बस्ने बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकिने जानकारी दिए। ‘फेरी थप छलफल गरी निर्णयमा पुग्ने छौं' उनले भने। तीन बजेको बैठकले भने प्रदेश प्रमुख र केन्द्र तोक्ने निश्चित भएको उनले जानकारी दिए। निर्वाचन आयोगले माघ ४ गतेसम्म प्रदेश प्रमुख तोक्न नसके समस्या पर्ने सरकारलाई चेतावनी दिइसकेको छ।