राष्ट्रिय सभामा सिट फाँडफाँट टुंग्याउन वाम कार्यदलको बैठक

राष्ट्रिय सभामा सिट फाँडफाँट टुंग्याउन वाम कार्यदलको बैठक

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनका लागि सिट फाँडफाँट लगायतका विषय टुंग्याउन वाम गठबन्धनले बनाएको कार्यदलको बैठक बुधबार बस्दैछ।

दिउसो १ बजे सिंहदरबारमा तोकिएको बैठकले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्ने विषयमा छलफल हुने कार्यदलमा रहेका माओवादी केन्द्रका नेता मात्रिका यादवले जानकारी दिए।

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि माघ १० गते मनोनयन दर्ता र माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।

मनोनयनको मिति नजिकिँदै जाँदा वाम गठबन्धनको कार्यदलले एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउने गरी काम थालेको हो। 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठित पार्टी एकता संयोजन समितिले गत पुस २५ गते कार्यदल गठन गरेको थियो। कार्यदलले राष्ट्रियसभासहित प्रदेशसभाका सभामुख, उपसभामुख र प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीहरूको पद बाँडफाँट गर्नेछ।

कार्यदलमा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव छन्। 

सरकारले प्रदेश प्रमुख नियुक्ति तथा प्रदेशहरूको अस्थायी मुकाम तोक्न ढिलाई गरेपछि प्रदेश सभा निर्वाचनमा विजयी भएका जनप्रतिनिधिको सपथ हुन सकेको छैन। प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठक अनिर्णीत भएको छ। बैठक दिउसो पुनः बस्नेगरी स्थगित भएको हो। 

यता आयोगले संवैधानिक कारण देखाउँदै प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मतपरिणाम राष्ट्रिय सभा निर्वाचनपछि मात्र सार्वजनिक गर्ने भनिसकेको छ। 

आयोगले मंगलबारमात्र पाँच राजनीतिक दलहरूसँग राष्ट्रिय सभा निर्वाचनबारे परामर्श गरेको थियो। राष्ट्रियसभा निर्वाचनका लागि अध्यादेश पारित भइसके पनि नियमावली र निर्देशिकाको तयारी गरेको आयोगले त्यस विषयमा पनि दलहरूको सुझाव मागेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.