राजधानी माग्दै क्षेत्रीय प्रशासनमा तालाबन्दी

राजधानी माग्दै क्षेत्रीय प्रशासनमा तालाबन्दी

धनकुटा : प्रदेश नं. १ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै बुधवार पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय घेराउ गर्न पुगेका आन्दोलनकारीले कार्यालयमा तालाबन्दी गरेका छन्।

आन्दोलनकारी र सुरक्षाकर्मीबीच घम्साघम्सी हुँदा एक जना घाइते समेत भएका छन्। सुरक्षाकर्मीले आन्दोलनकारीलाई गेटमा रोक्न खोजेपछि सामान्य घम्साघम्सी भएको थियो। धनकुटा नगरपालिका वडा नं ६ का जेशिस श्रेष्ठ घाइते भएका हुन्। टाउकोमा चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल धनकुटामा उपचार भएको थियो।

मुलगेटमा सुरक्षाकर्मीको घेरा तोडेर कार्यालयको परिसर पुगेका आन्दोलनकारीले क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहविरुद्ध नाराबाजी गरेका थिए। क्षेत्रीय प्रशासक उपस्थित नभए पनि कार्यालयमा तालाबन्दी गरिएको आन्दोलन संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए।

प्रदेससभा सांसद निरन राई र ईन्द्रमणी पराजुलीको नेतृत्वमा गएको आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका हुन्। पर्याप्त भौतिक पूर्वाधार र सरकारी जग्गा रहेको धनकुटालाई अस्थायी प्रादेशीक राजधानी बनाउनुपर्ने माग राख्दै विगत ३३ दिन देखि धनकुटबासी आन्दोलित छन्। विभिन्न दवावमूलक आन्दोलन गर्दै आइरहेका धनकुटावासीले बुधवारदेखि अनिश्चितकालीन आमहड्ताल सुरु गरिएको संयोजक श्रेष्ठले बताए।

Image may contain: one or more people, crowd and outdoor

धनकुटालाई प्रादेशीक राजधानी नबनाइन्जेलसम्म आन्दोलन जारी रहने उनले बताए। आमहड्तालले धनकुटाका बजार पसल, शिक्षण सस्था, वित्तीय संस्था, उद्योग व्यवसाय बन्द छन्। कोशी राजमार्गमा यातायात साधन गुडेका छैन। जसको कारण कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा र तेह्रथुमको जनजीवन प्रभावित बनेको छ।

बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बुधवार बिहान मोटरसाइकल तोडफोड गरेका छन्। संखुवासभाको सभापोखरीबाट धरानतर्फ जाँदै गरेको चन्द्र राईको को २६ प ५६११ को नम्बरको पल्सर वाइक आन्दोलनकारीले कोशी राजमार्गको आत्माराको सडक खण्डमा तोडफोड गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.