प्रदेश राजधानी विवाद : वीरगन्जको आन्दोलन उग्र, बिहीबार बन्द घोषणा

प्रदेश राजधानी विवाद : वीरगन्जको आन्दोलन उग्र, बिहीबार बन्द घोषणा

वीरगन्ज : वीरगन्जलाई प्रदेश नम्बर २ को राजधानी तोक्न माग गर्दै विगत दुई सातादेखिको आन्दोलन र दबाबलाई वेवास्था गर्दै सरकारले बुधबार जनकपुरलाई अस्थायी प्रदेश राजधानी तोकेपछि आन्दोलनले उग्र रुप लिएको छ।

बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि त्यसको विरोधमा वीरगन्जको आन्दोलनले उग्र रुप लिएको हो। वीरगन्जलाई प्रादेशिक राजधानी बनाउन माग राख्दै कांग्रेस, एमाले, माओवादीलगायतका दलका नेता कार्यकर्ताको सहभागीतामा गठन भएको वीरगन्ज राजधानी संघर्ष समितिले वीरगन्जको घण्टाघर चोकमा गत पुष २१ गते देखि रिले अनशन गर्दै आएको थियो।

बुधबार अपरान्ह सरकारले वीरगन्जलाई नभइ जनकपुरलाई अस्थायी राजधानी तोक्ने निर्णय गरे लगत्तै वीरगन्जको आन्दोलनले उग्र रुप लिएको हो। जनकपुरलाई अस्थायी राजधानी तोक्ने सरकारको निर्णय लगत्तै संघर्ष समितिको अगुवाइमा नेता कार्यकर्ताले बुधबार साँझ घण्टाघर चोकमै टायर बालेर नाराबाजी गर्नुका साथै सवारीसाधनमा तोडफोड गरेपछि आन्दोलनले उग्र बनेको छ।

आन्दोलनकारीले घण्टाघर चोकमा बुधबार साँझ सिंचाइ कार्यालयको ना १ झ २६३ नम्बरको जिपको साथै केही टाटासुमो र मोटरसाइकलमा तोडफोड गरेका छन्। उनीहरुले बुधबा बेलुकी आठ बजेसम्म घण्टाघर चोकमा सार्वजनिक यातायातका साथै निजी मोटरसाइकललगायतका सवारीसाधन सन्चालनमा पनि अवरोध गरेका थिए। संघर्ष समितिले सरकारले गरेको निर्णयको प्रतिलिपी पनि जलाएको छ।

सँगै जनकपुरलाई अस्थायी राजधानी तोक्ने सरकारको निर्णयको विरोधमा वीरगन्ज राजधानी संघर्ष समितिले बिहीबार वीरगन्ज बन्दको घोषणा गरेको छ।

मधेसी दल पनि सडकमाजनकपुरलाई अस्थायी राजधानी बनाएपछि मधेसी दल पनि सडकमा

वीरगन्जलार्इ राजधानी बनाउन माग राख्दै विगत दुई सातादेखि हुँदै आएको आन्दोलनलाई नौटंकीको संज्ञा दिएका मधेसी दल पनि बुधबारदेखि सडक संघर्षमा उत्रिएका छन् ।

राजधानीका लागि पुस तेश्रो सातादेखि वीरगन्जमा भइरहेको आन्दोलनलाई नौटंकीको सज्ञा दिदँै उक्त आन्दोलनमा सहभागी नभएका संघीय समाजवादी फोरम नेपाल र राजपाका नेता कार्यकर्ता बुधबार सरकारले जनकपुरलाई अस्थायी तोकेपछि त्यसको विरोधमा आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले सरकारी निर्णयको विरोध गर्दै बुधबार साँझ वीरगन्जको माइस्थान चोकमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउदै सरकार र सत्ता नेतृत्वकर्ता दल कंँग्रेसको विरोधमा नाराबाजी पनि गरेका थिए । फोरम नेपाल पर्साका उपाध्यक्ष सुन्दर कुर्मी र राजपाका महासचिव शिव पटेलको नेतृत्वमा मधेसी दलका नेता कार्यकर्ताले माइस्थान चोकमा प्रदर्शन गरेका हुन् ।

सरकारले आफ्नो निर्णय सच्याएर वीरगन्जलाई अस्थायी राजधानी नतोकेसम्म फोरम नेपाल र राजपाले छुट्टै आन्दोलन गरिरहने फोरम नेपाल पर्साका उपाध्यक्ष कुर्मीले बताए ।

यसैबीच फोरम नेपाल र राजपाको मधेसी गठबन्धन पर्साले बुधबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मधेस आन्दोलनको मर्म एवं मधेसी जनताको भावना विपरीत प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई घोषणा गरेको आरोप लगाएको छ ।

फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष तथा सांसद प्रदिप यादव र राजपाका महासचिव शिव पटेलद्वारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्तिमा सरकारको उक्त निर्णय अबिलम्ब सच्याएर वीरगन्जलाइ राजधानी घोषण गर्न मागसमेत गरिएको छ ।

प्रदेश नम्बर २ को स्थायी राजधानी वीरगन्जलाई बनाउनका लागि मधेसी गठबन्धनका सम्पूर्ण नेता तथा निर्वाचित प्रतिनिधि र प्रदेशसभा सदस्यले अब संसद र सडकमा संघर्ष गर्ने निर्णय पनि फोरम नेपाल र राजपाको गठबन्धनले गरेको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.