जनकपुरलाई अस्थायी राजधानी बनाएपछि मधेसी दल पनि सडकमा

जनकपुरलाई अस्थायी राजधानी बनाएपछि मधेसी दल पनि सडकमा

वीरगन्ज : वीरगन्जलार्इ राजधानी बनाउन माग राख्दै विगत दुई सातादेखि हुँदै आएको आन्दोलनलाई नौटंकीको संज्ञा दिएका मधेसी दल पनि बुधबारदेखि सडक संघर्षमा उत्रिएका छन् ।

राजधानीका लागि पुस तेश्रो सातादेखि वीरगन्जमा भइरहेको आन्दोलनलाई नौटंकीको सज्ञा दिदँ उक्त आन्दोलनमा सहभागी नभएका संघीय समाजवादी फोरम नेपाल र राजपाका नेता कार्यकर्ता बुधबार सरकारले जनकपुरलाई अस्थायी तोकेपछि त्यसको विरोधमा आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले सरकारी निर्णयको विरोध गर्दै बुधबार साँझ वीरगन्जको माइस्थान चोकमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउदै सरकार र सत्ता नेतृत्वकर्ता दल कंँग्रेसको विरोधमा नाराबाजी पनि गरेका थिए । फोरम नेपाल पर्साका उपाध्यक्ष सुन्दर कुर्मी र राजपाका महासचिव शिव पटेलको नेतृत्वमा मधेसी दलका नेता कार्यकर्ताले माइस्थान चोकमा प्रदर्शन गरेका हुन् ।

सरकारले आफ्नो निर्णय सच्याएर वीरगन्जलाई अस्थायी राजधानी नतोकेसम्म फोरम नेपाल र राजपाले छुट्टै आन्दोलन गरिरहने फोरम नेपाल पर्साका उपाध्यक्ष कुर्मीले बताए ।

यसैबीच फोरम नेपाल र राजपाको मधेसी गठबन्धन पर्साले बुधबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मधेस आन्दोलनको मर्म एवं मधेसी जनताको भावना विपरीत प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई घोषणा गरेको आरोप लगाएको छ ।

फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष तथा सांसद प्रदिप यादव र राजपाका महासचिव शिव पटेलद्वारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्तिमा सरकारको उक्त निर्णय अबिलम्ब सच्याएर वीरगन्जलाइ राजधानी घोषण गर्न मागसमेत गरिएको छ ।

प्रदेश नम्बर २ को स्थायी राजधानी वीरगन्जलाई बनाउनका लागि मधेसी गठबन्धनका सम्पूर्ण नेता तथा निर्वाचित प्रतिनिधि र प्रदेशसभा सदस्यले अब संसद र सडकमा संघर्ष गर्ने निर्णय पनि फोरम नेपाल र राजपाको गठबन्धनले गरेको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।

प्रदेश राजधानी विवाद : वीरगन्जको आन्दोलन उग्र, बिहीबार बन्द घोषणा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.