आर्मी फुटबलको सेमिफाइलनमा

आर्मी फुटबलको सेमिफाइलनमा

दाङ  : मंगलवारदेखि दाङमा सुरु भएको परिषद कप २८ औँ राष्ट्रिय च्याम्पियनसीप पुरुष फुटबल प्रतियोगिता २०७४ मा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ । प्रतियोगिता अन्तर्गत घोराहीको भरतपुर मैदानमा वुधबार भएको खेलमा त्रिभुवन आर्मी क्लब विजयी हँदै सेमिफाइनलमा पुगेको हो ।


भरतपुर खेल मैदानमा भएको प्रतियोगितामा पूर्वाञ्चल क्षेत्रीय टिमलाई शुन्यका विरुद्ध २ गोलले पछि पार्दै आर्मीले सेमिफाइलनको यात्रा तय गरेको हो । प्रतियोगिताको १७ औँ मिनेटमा आर्मीका १४ नम्बर जर्सीका विवेक बस्नेतले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिएका थिए ।

पहिलो हाफमा १ गोलले अग्रता लिएको आर्मीले खेलको ८८ औँ मिनेटमा पुनः गोल गर्दै २ गोलको अग्रता बढाएको थियो । खेलको ८८ औ मिनेटमा जर्सी नम्बर १६ का दिपकुमार लामाले गोल गरेका थिए । बस्नेत र लामाको गोलसँगै आर्मी सेमिफाईनलमा प्रवेश गरेको हो । बिहीवार त्रिभुवन क्लब आर्मी र सुदुरपश्चीमाञ्चल फाइनलकालागि भिड्ने छन् ।

प्रतियोगिताको फाईनल खेल माघ ६ गते घोराहीमा हुने जिल्ला फुलबल संघ दाङका अध्यक्ष सुशील श्रेष्ठले बताए । प्रतियोगितामा पाँच विकास क्षेत्रबाट एक/एक गरि ५ र तीन वटा विभागीय टोली गरेर आठ बटा टिमको सहभागिता रहेको छ ।

मंगलबार देखि सुरु भएको प्रतियोगिताको आयोजना अखिल नेपाल फुबल संघ र सहआयोजना जिल्ला फुटबल संघ दाङले गरेको छ । प्रतियोगितामा विजयी हुनेलाई ट्रफि तथा पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले वताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.