वाम गठबन्धनको भागबण्डा मिल्यो : एमालेलाई २९, माओवादीलाई १४ सिट

वाम गठबन्धनको भागबण्डा मिल्यो : एमालेलाई २९, माओवादीलाई १४ सिट

 काठमाडौं : एमाले-माओवादी एकता संयोजन समितिको कार्यदलले राष्ट्रियसभा निर्वाचनमा उठाउने ४३ जना उम्मेदवारको भागबण्डा मिलाएको छ। एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवार उठाउने गरी कार्यदलले बुधबार समझदारी जुटाएको हो।

वाम गठबन्धनले निर्वाचन हुने ५६ मध्ये आफूले जित्ने निश्चित भएका ४३ सिटमा साझा उम्मेदवार उठाउन लागेको हो। कार्यदलले सुझाव प्रतिवेदन एकता संयोजन समितिको बैठकमा पेस गर्ने नेता सुवास नेम्बाङले बताए। चित्तबुझ्दो गरी सिट बाँडफाँट गरेकाले संयोजन समितिले पनि यसलाई अनुमोदन गर्ने विश्वास लिएको उनले जनाए। बाँकी रहेको १३ सिटमा मधेसवादी दल र स्वतन्त्रसँग छलफल गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए।

कार्यदलको पहिलो बैठकले उम्मेदवारी बाँडफाँटका चारवटा मापदण्ड तय गरेको थियो। वाम गठबन्धनको कार्यदलले स्थानीय र प्रदेश निर्वाचनको परिणाम, एकताको भावना, योग्यता र सन्तुलनका चार आधारमा प्रदेशका मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँट गर्ने मापदण्ड तय गरेको थियो। नेम्वाङले भने, ‘यही मापदण्डमा रहेर सिट बाडफाँट भएको छ।'

राष्ट्रियसभाको उम्मेदवार चयन तथा प्रदेशसभाको सरकार गठनका लागि बनेको संयुक्त कार्यदलको पुस ३० मा बसेको दोस्रो बैठकमा माओवादीले ४० प्रतिशत सिट माग गरेको थियो। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुवै पार्टी तालमेल गर्दा ६० र ४० मै सहमति भएको थियो। राष्ट्रियसभा निर्वाचनमा भागबण्डा गर्दा भने माओवादीले ३२ दशमलव ६ र एमालेले ६७ दशमलव ४ प्रतिशत सिट पाएका छन्।

वाम गठबन्धनले निर्वाचन हुने ५६ मध्ये आफूले जित्ने निश्चित भएका ४३ सिटमा साझा उम्मेदवार उठाउन लागेको हो।

पार्टी एकता संयोजन समितिको २५ पुसमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी चयन, प्रदेशसभाको सरकार गठनका लागि गृहकार्य गर्न संयुक्त कार्यदल बनाएको थियो। कार्यदलमा एमालेका तर्फबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादीबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन्।

प्रदेश सरकार गठनको समेत जिम्मेवारी पाएको कार्यदलको बुधबारको बैठकले भने त्यसबारे कुनै निर्णय गरेन। कार्यदलको दोस्रो बैठकमा माओवादीले दुईवटा प्रदेशमा मुख्यमन्त्री र चार सभामुखको दाबी पेस गरेको थियो तर एमालले चाहिँ माओवादीलाई दुई मुख्य मन्त्री र दुई सभामुख दिन सकिने आशय प्रकट गरेको थियो। कार्यदलका सदस्य मातृका यादवले अन्नपूर्णसँग भने, ‘प्रदेशको मुख्यमन्त्री र सभामुख पदमा पार्टीगत भागबण्डा राष्ट्रियसभाको उम्मेदवारी मनोनयनपछि बैठक बसेर गरिनेछ।' अध्यक्ष केपी ओली स्वेदश फर्किएपछि एकता संयोजन समितिको बैठकमा माओवादीको उक्त प्रस्ताव पेस गर्ने र प्रदेश सरकारको बारेमा पार्टीगत भागबण्डाको बारेमा सहमति गर्ने एमालेका एक नेताले बताए।

प्रदेशमा कसले कति पाए

प्रदेश १ को ६ सिटमा वाम गठवन्धनले उम्मेदवारी दिने भएको छ। जसमा पाँच सिट एमालेले र एउटा महिला सिट माओवादीले पाएको छ। एउटा महिला र एउटा खुला सिट खाली राखिएको छ। प्रदेश २ मा महिला सिटमा माओवादी र खुला सिट एमालेले पाएको छ। ६ वटा सिटमा अन्य दलसँग छलफल गरेर निर्णय गरिने भएको छ।

प्रदेश ३ मा एउटा खुलामा माओवादी र अरू सबै पाँच सिट एमालेले लिएको छ। प्रदेश ३ मा महिला सिट एमाले र खुला सिट माओवादीले लिएको हो। प्रदेश ४ मा चार सिटमध्ये दलित र एक महिला गरी दुई सिट माओवादीले लिएको छ। बाँकी एमालेले पाएको छ।प्रदेश ५ मा अपांग र महिलाको सिट माओवादीले लिएको छ। दुई खुला र दलित सिट एमालेले लिएको छ।

प्रदेश ६ मा पाँच एमाले र तीन सिट माओवादीले लिएको छ। प्रदेश ७ मा दुई सिट माओवादीले पाँच सिट एमाले लिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.