चुनावपछि पहिलोपटक कांग्रेस केन्द्रीय समिति बैठक, के छन् एजेन्डा?

चुनावपछि पहिलोपटक कांग्रेस केन्द्रीय समिति बैठक, के छन् एजेन्डा?

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पहिलो पटक बस्दैछ। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रियालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग उठेपछि निर्वाचनपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। 

बैठकमा निर्वाचनमा पार्टीको पराजयको समेत समीक्षा गर्ने भनिए पनि आजको बैठक एकदिने मात्र हुने र राष्ट्रियसभा निर्वाचनको तयारीमा मात्र केन्द्रित हुने भएकाले अन्य विषय छलफलका लागि तुरुन्तै अर्को बैठक बोलाइने बताइएको छ। 

निर्वाचनपछि पार्टीमा केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, संगठन सुदृढीकरणका लागि विभाग गठन र केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनको माग उठिरहेको सन्दर्भमा बैठक बस्न लागेको हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.