राप्रपा राष्ट्रवादीले तोक्यो ७ प्रदेशमा संयोजक

राप्रपा राष्ट्रवादीले तोक्यो ७ प्रदेशमा संयोजक

काठमाडौं : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले देशभर संगठन सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा पदाधिकारी तथा केन्द्रीय नेतालाई संयोजक तोकेको छ।

प्रदेश १ मा दीपेन्द्र भण्डारी, प्रदेश २ मा महामन्त्री रामप्रताप साह, प्रदेश ३ मा महामन्त्री श्याम तिमल्सिना, प्रदेश ४ मा उपाध्यक्ष ऋषिबाबु परियार, प्रदेश ५ मा सहमहामन्त्री कैलाश गुरुङ, प्रदेश ६ मा केन्द्रीय सदस्य वृखबहादुर कठायत र प्रदेश ७ मा तीर्थप्रसाद श्रेष्ठलाई पार्टीको बुधबार साँझ बसेको उच्चस्तरीय बैठकले संयोजकको जिम्मेवारी दिएको जनाइएको छ। 

पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले नवनियुक्त संयोजकले सम्बन्धित प्रदेशमा विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने, स्थानीय जनतासँग समन्वय गर्ने र सांगठनिक संरचनामा सुधार गर्न वैठकले निर्देशन दिएको जानकारी दिए।

यसअघिको केन्द्रीय समितिको बैठकले गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले पराजय भोगेपछि स्थानीय तहदेखि नै बलियो संगठन निर्माण गर्ने निष्कर्ष निकालेको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.