प्रदेश राजधानी विवाद : धनकुटामा प्रहरीको गाडी तोडफोड

प्रदेश राजधानी विवाद : धनकुटामा प्रहरीको गाडी तोडफोड

धनकुटा : बजार बन्द गराउँदै हिँडेको आंशकामा प्रहरी प्रमुख सुदिप राजभण्डारीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन खोजेपछि आक्रोशित आन्दोलनकारीले प्रहरीको गाडीमा तोडफोड गरेका छन्। बुधबार बिहान करिव ८ः३० बजे तिर धनकुटा-७ मदनचोकमा धनकुटा प्रहरी प्रमुख भण्डारीले एक जना आन्दोलनकारीलाई नियन्त्रण लिन खोज्दा आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय धनकुटाको ना १ झ १३१४ नम्बर गाडीको झ्यालको सिसा फुटाएका हुन्।

धनकुटा बजारको स्थिति केही बेर तनावग्रस्त भएको थियो। आन्दोलनकारीले प्रहरी र एसपी भण्डारीविरुद्व नाराजुलुस गरेका छन्। बुधबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नं. १ को अस्थायी मुकाम विराटनगर तोकेपछि धनकुटामा तिव्र विरोध भएको थियो। आन्दोलनकारीले बुधबार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवा र क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको पुत्ला दहन गरेका थिए भने धनकुटा बजारमा निर्णयको विरोध गर्दै राँके जुलुस निकालेका थिए। बुधबारदेखि सुरु भएको अनिश्चित आम हड्ताल बिहीबार पनि कायम नै छ।

आन्दोलनकारीले कोशी राजमार्गमा ढुंगामुढा राखेका सडक अवरोध गरिरहेका छन् भने बजार, शैक्षिक संस्था, बित्तीय संस्था पूर्णरुपमा ठप्प छ। सरकारले हिजो गरेको निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहने प्रादेशिक राजधानी धनकुटा बनाऔं संघर्ष समितिका संयोजक सुन्दरवावु श्रेष्ठले बताए। माघ ३ गते बुधबर धनकुटाको लागि कालो दिन भएको उनले बताए।

 सम्बन्धित समाचारहरू

मापदण्ड विचार नगरी अस्थायी मुकाम र प्रमुख ताेकिए

संघीयता एकातिर, दलहरू सडकतिर


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.