धनकुटा तनावग्रस्त, कर्फ्यू लगाइयो

धनकुटा तनावग्रस्त, कर्फ्यू लगाइयो

धनकुटा : प्रदेश राजधानीको माग गर्दै गरिएको आन्दोलनका कारण धनुकटा तनावग्रस्त बनेको छ । स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन् कर्फ्यू लगाएको छ । साढे ११ बजेदेखि लागु हुने गरी अनिश्चितकालसम्मको लागि कफ्र्यू लगाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । स्थानीय प्रशासनले धनकुटा सदरमुकामस्थित जिरोप्वाइन्ट, श्रीवानी, बिहीबारे हटिया, त्रिवेणी चोकलगायत क्षेत्रलाई निशेषघाज्ञा तोकेको छ ।
त्यस्तै पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय आधा दर्जन भन्दा बढी सरकारी कार्यालयमा तोडफोड गरिएको छ । आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा रहेको फर्निचरमा आगो लगाएका थिए । आगलागीवाट टेवल, कुर्सीलगायत फर्निचर जलेका छन् । आक्रोशित आन्दोलनकारीले सो कार्यालयको झ्यालमा रहेको सीसा समेत फुटाएका छन् । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहारसमेत गरेको थियो ।

त्यस्तै आन्दोलनकारीले डिभिजन सहरी विकास कार्यालयमा समेत तोडफोड गरेका छन् । सो कार्यालयमा रहेको को १ त १०६४ नम्वरको वाइकलाई समेत जलाइएको छ । उच्च अदालत विराटनगर धनकुटा इजलास, सरकारी वकिल कार्यालयको नयाँ भवनको झ्यालको सीसा समेत आन्दोलनकारीले फुटाएका छन् । त्यसैगरी आन्दोलनकारीले आगो निभाउन हिंडेको धनकुटा नगरपालिकाको दमकल र दलित हकहित समन्वय समिति केराबारी मोरङको को२च ४३२ नम्बरको एम्बुलेन्स तोडफोड गरेका छन् ।

Image may contain: tree and outdoor

प्रहरीको लाठिचार्जबाट नेपाली कांग्रेस धनकुटाका कोषाध्यष दिनेश राईसहित सातजना घाइते भएका छन् । घाइते राईको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउकोमा छ टाका लागेको छ । भने अन्य घाइतेको अवस्था सामान्य रहेको र उपचार पछि घर फर्किसकेको धनकुटा अस्पतालले जनाएको छ ।

 

 

No automatic alt text available.

 

प्रदेश राजधानी विवाद : धनकुटामा प्रहरीको गाडी तोडफोड


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.