प्रदेश राजधानी माग्दै डोटीमा प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलाइयो

प्रदेश राजधानी माग्दै डोटीमा प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलाइयो

डोटी : सरकारले प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी तोकेसँगै डोटीमा आन्दोलन सुरु भएको छ। बिहानैदेखि आन्दोलनकारी सरकारको विरुद्धमा नाराबाजी गर्दै सडकमा उत्रेका छन्। सडक पूर्णरुपमा बन्द गराएका छन् भने प्रदेश नम्बर ७ का पहाडी जिल्ला प्रवेश गर्ने नाका डोटीको बुडरमै बन्द गराएका छन्। आन्दोलनकारीले दिपायलस्थित क्षेत्रीय प्रशासनको कार्यालय घेराउ गरेका छन्।

टायर बालेर सरकारका विरुद्धमा नाराबाजी गरिरहेका छन्। सरकारको निर्णयको विरुद्धमा डोटीस्थित क्रियाशील राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज निजी क्षेत्रका व्यक्तिहरु सडकमा आएका छन्। निर्णयको विरोधमा आन्दोलनकारीद्वारा प्रधानमन्त्री शेरबहादुर देउवा, भीम रावल, लेखराज भट्टलगायत नेताको पुतला समेत जलाइएको छ। सरकारको निर्णय तत्काल परिवर्तन गरेर राजधानी दिपायल कायम नगरिए पहाडी ७ वटा जिल्लाको छुट्टै राज्यको मागका साथ कडा आन्दोलनमा उत्रिने बताइएका छन्।

सरकारको निर्णयप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसका नेता रामप्रसाद उपाध्यायले निर्णयका विरुद्धमा कडा आन्दोलनमा जाने बताए। ‘नेपाली कांग्रेस डोटीका सम्पूर्ण नेता तथा कार्यकर्ताले पार्टीको साधारण सदस्यबाट सामुहिक रुपमा राजीनामा दिएका छौं’, उपाध्यायले भने, सरकारमा कांग्रेस रहेकाले यसको सम्पूर्ण दोष कांग्रेसलाई जान्छ।’ भोलिदेखि स्वतन्त्र नागरिकको रुपमा आन्दोलनमा उत्रने उनले बताए।

doti3_1

त्यसैगरी नेकपा एमालेका जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले सरकारले डोटेलीजनताको भावनाविपरित निर्णय गरेकाले सबैले यसको विरुद्धमा आन्दोलन गर्नुपर्ने र आन्दोलनबाटै निर्णय फिर्ता गर्न लगाइने बताए। शुक्रबारदेखि अनिश्चितकालिन यातायात बन्द तथा आमहड्तालको घोषणा गरेका छन् भने जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायलमा सरकारका विरुद्धमा विशाल जनप्रदर्शन गर्ने निर्णय गरेको छ।

जनप्रतिनिधीहरु के भन्छन् ?
प्रदेशको राजधानी धनगढी भएसँगै डोटीबाट निर्वाचित जनप्रतिनिधीहरुले समेत सरकारको विरोध गरेका छन्। ‘सरकारले डोटीको विरुद्धमा निर्णय गरेको प्रति दुःख लागेको छ’, प्रतिनिधिसभा सांसद प्रेमबहादुर आलेमगरले भने, ‘सरकारको निर्णयका विरुद्धमा हामी आन्दोलनमा जानेछौं।’ उनले भने, ‘आन्दोलनको शक्तिले राजधानी डोटी कायम गरेरै छोड्ने छौं।’

त्यसैगरी प्रदेशसभा सदस्य त्रिलोचन भट्टले डोटी सबै हिसाबले उपयुक्त हुँदा हुँदै पनि अहिलेको सरकारले गरेको निर्णयका विरुद्धमा डोटेली जनता आफै सडकमा उत्रने बताए। उनले भने, ‘हामीहरु समेत अब आन्दोलनमा जाने छौं।’ प्रदेशसभाका अर्का सदस्य भरतबहादुर खड्काले सरकारले गरेको निर्णयप्रति असन्तुष्ट व्यक्त गर्दै सरकारका विरुद्धमा आन्दोलन छेड्नुपर्ने बताए।

डोटीमा क्रियाशील राजनीतिक दलका नेता तथा कार्यकर्ताको समेत सहभागीतामा संघर्ष समितिले बिहानैदेखि डोटी बन्द गराएको छ भने प्रदेश नम्बर ७ का सातवटै पहाडी जिल्लामा जाने नाका समेत बिहानैदेखि बन्द गरिएको छ। पहाडी जिल्ला प्रवेश गर्ने डोटीको बुडर क्षेत्रमा समेत आन्दोलनकारीहरुले सडक बन्द गराएका छन्। बन्दका कारण पहाडी जिल्लामा जाने यातायात संचालन हुन सकेका छैनन्।

शव यात्रा निकालियो
सरकारले प्रदेशको राजधानी धनगढी स्थापना गरेको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गरिएको छ। विरोधमा नेपाली कांग्रेसको पार्टी कार्यालय परिसरमा देउवा दम्पतीको पुतला बनाई शव यात्रा निकालिएको छ। शव यात्राको नाम दिइएको र्‍याली नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय आगाडि गइ कोण सभामा परिणत हुने र पुतला दहन गरिने आन्दोलनकारीले बताएका छन्। सरकारको निर्णको विरोध गर्दै सरकारको मात्र नभएर प्रधानमन्त्री शेरबहादुर देउवा तथा आरजु देउवाको सामाजिक सञ्जालमार्फत कडा रुपमा विरोध भइरहेको छ।

doti-1_1

पार्टी कार्यालयमा कालो झण्डा
नेपाली कांग्रेस डोटीको पार्टी कार्यालयमा कांग्रेसकै नेता तथा कार्यकर्ताद्वारा कालो झण्डा राखिएको छ। पार्टीको झण्डा निकालेर कालो झण्डा राखिएको हो। पार्टी कार्यालयमा राखिएको बोर्डलाई समेत निकाल्ने काम भइरहेको छ।नेपाली कांग्रेसको पार्टी कार्यालयलाई गेष्टहाउसको रुपमा परिणत गर्ने बताइएको छ।

डोटी कांग्रेसीद्वारा पार्टी सदस्यता परित्याग
सरकारले प्रदेश नम्बर ७ को राजधानी धनगढी तोकेसँगै आफ्नो पार्टीको विरोधमा डोटी कांग्रेसका नेता तथा कार्यकर्ताले सामुहिकरुपमा पार्टी सदस्यता परित्यागको घोषणा गरेका छन्। नेपाली कांग्रेस डोटीको कार्यसमितिको बैठक बसी सरकारमा नेपाली कांग्रेस भएकाले प्रादेशीक राजधानी डोटी नबनाएकोमा दुःख व्यक्त गर्दै यस्तो निर्णय गरेका हुन्। ‘आन्दोलन जारी रहनेछ’, नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले भने, ‘कांग्रेस सरकारमा हुँदाहुँदै पनि डोटी विरुद्धको निर्णयले डोटी कांग्रेसलाई अप्ठ्यारो परिरहेको छ।’ आन्दोलन हाम्रो जारी रहन्छ उनले भने।

‘अहिले नेपाली कांग्रेस पाटीमा रहेकाले नेपाली कांग्रेस डोटीलाई ठूलो दबाब र नैतिक संकट रहेको छ’, नेपाली कांग्रेस डोटीका सचिब नारायण जोशीले भने, ‘सरकारबाट डोटीको पक्षमा निर्णय नआएका कारण यस्तो निर्णय गर्नु परेको हो, अझै कठोर निर्णय लिन डोटी कांग्रेस अगाडि बढ्ने छ।’

राष्ट्रिय सभा निर्वाचन बहिस्कार
प्रदेश नम्बर ७ को माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन सरकारले डोटीमा हुने निर्णय गरेको भएपनि प्रदेशको राजधानी डोटीमा कायम नगरिएका कारण कुनै हालतमा पनि उक्त निर्वाचन हुन नदिने बताइएको छ। त्यसैगरी डोटीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु समेत आन्दोलनमा उत्रेका छन्। उनीहरुले आन्दोलनमा आफ्नो ऐकेबद्धता रहेको भन्दै पदबाट समेत राजीनामा दिन तयार रहेको बताए। उनीहरुले राष्ट्रिय सभा सदस्य निर्वाचन समेत बहिस्कार गर्ने बताएका छन्।

 

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.