प्रदेश राजधानी : वीरगन्ज बन्द, बारामा प्रदर्शन

प्रदेश राजधानी : वीरगन्ज बन्द, बारामा प्रदर्शन

वीरगन्ज : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर तोकेको सरकारी निर्णयको विरोधमा बिहीबार वीरगन्ज बन्द गरिएको छ। वीरगन्जलाई राजधानी बनाउन माग राख्दै तीन सातादेखि निरन्तर आन्दोलन गर्दै आएको वीरगन्ज राजधानी संघर्ष समितिले बिहीबार वीरगन्ज बन्द गराएको हो। आन्दोलनकारीले बिहीबार बिहानैदेखि घण्टाघर,माइस्थान,मुर्लीलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका कारण वीरगन्जको मेन रोडका पसल , बजार बन्द छन्।

यस्तै वीरगन्जबाट छुट्ने लामो तथा तथा छोटो दूरीका सार्वजनिक सवारी साधनका साथै टयाम्पु , इ रिक्सा तथा निजी साना चार पाङग्रे गाडी पनि सन्चालनमा आउन सकेका छैनन्। यस्तै बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले घण्टाघर चोकमा बिहीबार बिहान बा १२ च ७३६५ नम्बरको निजी सुजुकी कार, ना ४ च ३०८१ नम्बरको टाटासुमो र ना १ ह ५४८० नम्बरको इ रिक्सामा तोडफोड गरेका छन्।

आन्दोलनकारीले वीरगन्ज महानगरपालिका कार्यालयमा पनि ढुङगा प्रहार गर्दा कार्यालयका सीसा फुटेका छन्।वीरगन्जलाई राजधानी बनाउन माग राख्दै पुष २१ गतेदेखि घण्टारघरमा हुँदै आएको रिले अनसन बिहीबार १४ औं दिन पनि जारी छ।सरकारको निर्णय जनविरोधी रहेकाले तत्काल उक्त निर्णय सच्याएर वीरगन्जलाई राजधानी घोषणा नगरेसम्म आन्दोलन जारी नै रहने संघर्ष समितिका सहसंयोजक एंव पूर्वसांसद राजकुमार गुप्ताले बताए।

birganja-aandolan

सरकारले जनकपुरलाई अस्थायी मुकाम तोकेको विरोधमा बाराको विभिन्न स्थानमा पनि बिहीबार बिहानदेखि प्रदर्शन भइरहेको छ।अस्थायी राजधानी जनकपुरलाई बनाउने सरकारको निर्णय फिर्ता गर्दै वीरगन्जलाई नै राजधानी घोषणा गर्न माग गर्दै बाराको परवानीपुर, नौतन गण्डक,चैनपुर र प्रसौनीमा पनि स्थानीयले बिहीबार बिहान देखि सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्।

बन्दकर्ताले कलैया वीरगन्ज सडक खण्ड र वीरगन्ज पथलैया सडक खण्डमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। बाराको गण्डक चोकमा राजकिशोर गुप्ताको नेतृत्वमा र प्रसौनीमा प्रसौनी गाउँपालिकाका नागरिक समाजका अध्यक्ष विनोद पटेलको नेतृत्वमा प्रदर्शन भएको हो।

प्रसौनीमा बिहीबार बिहान आठदेखि १० बजेसम्म दुईघण्टा बजार बन्द गराइएको थियो। संघीय समाजवादी फोरम नेपाल पर्साले भने वीरगन्ज बन्दको कुनै अर्थ नरहेको बताएको छ। सरकारले अस्थायी मुकाम जनकपुर तोकेपछि बुधबार साँझ वीरगन्जमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेर विरोध पर्दशन गरेपनि बिहीबार वीरगन्जमा गरिएको बन्द हडतालको पक्षमा फोरम नेपाल नरहेको फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले बताए।

उनले भने, ‘बन्द गरेर केही हुदैन, वीरगन्जवासीलाई सास्ती दिनुहुदैन, विगतका बन्द हड्तालले वीरगन्जवासी त्रसित भइसकेका छन् , त्यसैले बन्दको विकल्प खोज्नुपर्छ।’ सरकारलाई असहयोग गर्ने आन्दोलन गर्नुपर्नेमा जोड दिँदै कार्यवाहक अध्यक्ष कुर्मीले त्यसका लागि राजस्व नतिर्ने, नेपाल सरकारलाई प्रत्यक्ष असर पार्ने खालको भन्सार नाकालगायतका अन्य निकायमा बन्द गर्नुपर्ने बताए।

biragnaja2

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.