रुपन्देहीलाई मुकाम तोक्नु दुर्भाग्यपूर्ण, निर्णय सच्याउन आग्रह

रुपन्देहीलाई मुकाम तोक्नु दुर्भाग्यपूर्ण,  निर्णय सच्याउन आग्रह

दाङ :  पूर्व सांसद राजु खनालले रुपन्देहीलाई मुकाम तोक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्। सम्पूर्णरुपमा पाँच नम्बर प्रदेशको राजधानीको रुपमा दाङ उपयुक्त हुँदाहुँदै पनि रुपन्देहीलाई मुकाम तोक्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन्।

सम्पूर्ण पक्षले मानसिक रुपमा दाङलाई स्वीकारीसकेको अवस्थामा एक्कासी मन्त्रीपरिषदको बैठकले रुपन्देहीलाई मुकाम तोक्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन्।

‘सबै प्रतिवेदनहरुले दाङलाई प्रादेशिक राजधानीको रुपमा प्रस्ताव गरिरहँदा मन्त्रिपरिषद्को पछिल्लो निर्णयले आश्चर्य चकित तुल्याएको छ, म त्यो निर्णय सच्याउन सरकारसँग जोडदाररुपमा माग गर्दछु’ विज्ञप्तिमा भनिएको छ।

नेपाली कांग्रेसकातर्फबाट २०७० सालमा संविधानसभा सदस्य निर्वाचित खनालले विगतको निर्वाचनमा दाङलाई प्रादेशिक राजधानी बनाउने प्रस्ताव सर्वपक्षीय भएको बेला सरकारले रुपन्देहीलाई राजधानी तोक्नु दुःखद भएको बताए। दाङलाई मुर्त रुप दिने जिम्मेवारी नवनिर्वाचित जनप्रतिनीधिको काँधमा आएको खनालले बताएका छन्। ‘ दाङबाट निर्वाचित जनप्रतिनिधिहरु त्यो अजेण्डाबाट पछि हट्नुहुने छैन भन्ने मेरो विश्वास छ’ उनले भने। दाङवासी आन्दोलनमा उत्रनु स्वागतयोग्य भएको उनले बतँए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.