प्रचण्डको भेटघाट कार्यक्रम अब पेरिसडाँडाबाट मात्र

प्रचण्डको भेटघाट कार्यक्रम अब पेरिसडाँडाबाट मात्र

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक गतिविधि र भेटघाट अबदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडाबाट मात्र हुने भएको छ।

प्रचण्डलाई भेट्न दिनहुँ सयौंको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भिड लाग्न थालेपछि सबै भेटघाटको कार्यक्रम पेरिसडाँडाबाट गर्न लागिएको हो।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार प्रचण्ड आफैँले बोलाएका व्यक्तिले बाहेक अरुले खुमलटार निवासमा भेट पाउने छैनन्।

पार्टी कार्यालयबाटै भेटघाट गर्दा त्यसले समयको व्यवस्थापन गर्न, पार्टीका अन्य नेताहरुलाई पनि जिम्मेवारी दिन सजिलो हुने भएकाले प्रचण्डसँगको परामर्शमा सचिवालयले यस्तो निर्णय गरेको हो।

सचिवालयले अध्यक्ष प्रचण्डसँग भेटघाटको समयका लागि केन्द्रीय कार्यालयका मुख्य सचिव प्रहलाद बुढाथोकी (९८५२०२५५१७), कार्यालय सचिवहरु श्रीराम ढकाल (९८५१०४५७९९), प्रकाश पोखरेल (९८५१२२५४४०) वा कार्यालयको फोन ०१–४६०२२९०, ०१४६०२२८८ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.