कांग्रेस बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

कांग्रेस बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

काठमाडौं : निर्वाचनपछि पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिती बैठक बालुवाटारमा जारी छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे सुरु भएको बैठकमा राष्टि«यसभाको निर्वाचनमा कांग्रेस कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले अन्नपूर्णलाई जानकारी दिए।

बिहीबारको बैठक राष्टि«य सभाकै निर्वाचनमा केन्द्रित रहने प्रवक्ता शर्माको भनाइ छ। यद्यपी बैठकमा नेताहरुले राष्टि«य सभाको सम्बन्धमा आफनो सुझाव दिए पनि निर्वाचन परिणामका लागि विस्तृत रुपमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठकदेखि महासमिती बैठक बोलाउनसम्म माग गरिरहेका छन्।

गएको १० र २१ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेस पराजय भएसंगै पार्टी भित्र महासमिती र विशेष महाधिवेशन बोलाउनु पर्ने आवाज उठेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.