नेपाली सीमा सारिएको क्षेत्रको अध्ययन गर्न अखिल क्रान्तिकारीकाे टोली पर्सा जाने

नेपाली सीमा सारिएको क्षेत्रको अध्ययन गर्न अखिल क्रान्तिकारीकाे टोली पर्सा जाने

काठमाडौं : अखिल क्रान्तिकारीको केन्द्रीय टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं १ को छकपैयामा करिब ५० बिघा बढी नेपाली भूमि मिचेर जंगे पिलर राखिएको क्षेत्रको स्थगल अध्ययन गर्ने भएको छ।

क्रान्तिकारीले जंगे पिल सारिएको क्षेत्रमा गई स्थलगत रुपमा अध्ययन गरी थप संघर्ष उठान गर्न उपाध्यक्ष विजय गौतमको नेतृत्वमा आठ जनालाई पठाउने निर्णय गरेको छ।

अध्यक्ष रञ्जीत तामाङका अनुसार गौतम नेतृत्वको टोलीमा उपमहासचिव जिपी मैनाली, सचिव गजेन्द्र देव र सूर्यनारायण शाह, केन्द्रीय सदस्य शिवम् शाह, इस्ककुमार पासवान, जुवेर आलम, सकिना बस्नेत रहेका छन्। स्थलगत अध्ययनपछि नेपाली सीमा मिचेको पाइए संघर्षको कार्यक्रम घोषणा गर्ने क्रान्तिकारीले जनाएको छ।

‘५० बिघा भन्दा बढी नेपाली भूमी मिचेर जंगे पिलर सारिएको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’, क्रान्तिकारीको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले दुवै देशको दशगजा क्षेत्रमा हराएका पिलर निर्माण र जीर्णको मर्मत गर्ने क्रममा नेपालीले भोगचलन गर्दै आएको भूमि एकाएक भारततर्फ पर्ने गरी नयाँ पिलर वनाइको घटनाले हामीलाई अत्यन्तै गम्भीर बनाएको छ।’

क्रान्तिकारीले जंगे पिलर ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९, १०, २७ र २८ नम्बरको सहायक पिलर नेपालतर्फ परेको उल्लेख गरेको छ।

‘नेपाली सीमा र अस्मितामाथि गम्भीर आघात पुर्याउने उक्त राष्ट्रघाती कदमलाई तत्काल रोक्न सरकार समक्ष जोडदार माग गर्दछौं’, अध्यक्ष तामाङले सार्वजनिक गरेको विज्ञप्तिमा थप भनिएको छ, ‘हचुवाको आधारमा गरिएको सीमा सर्वेक्षणको काम तत्काल रोकी नेपाली पक्षका सदस्यलाई फिर्ता बोलाएर कूटनीतिक माध्यमबाट अविलम्ब समस्या समाधान गर्नसमेत जोडदार अपिल गर्दछौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.