राप्रपा सल्यान एमालेमा विलय

राप्रपा सल्यान एमालेमा विलय

सल्यान : कमल थापाले नेतृत्व गरेको राप्रपाको सल्यान समिति नेकपा (एमाले) सल्यानमा विलय भएको छ ।सदरमुकाम खलंगास्थित एमाले पार्टी कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राप्रपाबाट सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला समिति अध्यक्ष मनोजकुमार सिंहसहित जिल्ला समितिका सदस्यहरु एमालेमा विलय भएको एमाले सल्यानका सचिव रमेशकुमार गौतमले जानकारी दिए ।

पार्टीले उठाएको हिन्दू राज्यको माग जायज नभएको र त्यसलाई जनमतले प्रमाणित गरिदिएकाले आफूहरु एमालेमा प्रवेश गरेको राप्रपा सल्यानका अध्यक्ष सिंहले बताए । ‘राप्रपाले उठाएको हिन्दू राज्यको मागमा तीन लाख जनताले साथ दिन सकेनन्, अब राप्रपाको नारा र झण्डा लिएर कार्यकर्ताबीच जाने अवस्था रहेन, त्यही भएर हामीले एमालेमा विलय हुने निर्णय गरेका हौं’ सिंहले भने ।

नवप्रवेशीलाई स्वागत गर्दै एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले उनीहरुलाई सम्मानजनक रुपमा व्यवस्थापन गरिने जानकारी दिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.