प्रदेश प्रमुखको सचिवालय बन्दै

प्रदेश प्रमुखको सचिवालय बन्दै

बुटवल : प्रदेश ५ को अस्थायी मुकाम बुटवल तोकिएसँगै कार्यालय व्यवस्थापन गर्न भवन तयारी सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय र भवन डिभिजन कार्यालय रूपन्देहीले उपयुक्त भवनको छनोट गरी कार्यालय व्यवस्थापन तयारी सुरु गरेका छन्। तत्कालका लागि प्रदेश प्रमुखको सचिवालय, सभास्थल र प्रदेश प्रमुखको निवास व्यवस्थापन हुने छ। भवन डिभिजन रूपन्देहीका प्रमुख सुरेश ठाकुरले प्रदेश प्रमुख कार्यालय तुलसीपुर उच्च अदालत बुटवल इजलासको नजिकै रूपन्देही व्यापार संघको भवनमा राख्ने सम्भावना रहेको जानकारी दिए।

सभाका लागि बुटवल उद्योग वाणिज्य संघको सचिवालयलाई प्रयोग गर्ने तयारी छ। उपयुक्त पार्किङ स्थल रहेको स्थानलाई सभास्थलको रूपमा राखिने छ। प्रदेश प्रमुखको निवासका लागि रामनगरस्थित सीप विकास केन्द्रको भवन प्रयोग गर्ने तयारी भएको छ। प्रदेश प्रमुखको कार्यालय तत्काल व्यवस्थापन गरी अन्य कार्यालयका लागि भवन व्यवस्थापन गरिने छ। बिहीबार रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली सहितको टोलीले भवन व्यवस्थापनको तयारी थालेको हो।

बुधबार बुटवल प्रदेश राजधानी तोकिएपछि कार्यालय व्यवस्थापनको काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मैनालीले जानकारी दिए। प्रदेश प्रमुखको सचिवालय र निजी निवाससहित सभास्थल निर्माणपछि मुख्यमन्त्रीको सचिवालय र मन्त्रालय राख्ने भवन व्यवस्थापन गरिनेछ। यसअघि प्राविधिक टोलीले इलाका वन, राजस्व अनुसन्धान, यातायात व्यवस्था, इलाका प्रशासन, नापतौल तथा गुणस्तर तथा भूमिगत जलस्रोतको कार्यालय अवलोकन गर्दै यी भवनमा मन्त्रालय व्यवस्थापन गर्न सकिने बताएको थियो।

बुटवलमा नयाँ बनेको श्रम कार्यालयको पाँचतले भवनमा केही मन्त्रालय व्यवस्थापन गर्न सकिने बताइएको छ। प्रदेश प्रमुखको सचिवालय सुरक्षाको दृष्टिले उपयुक्त स्थानमा राखिने तयारी गरिएको छ। रूपन्देही व्यापार संघ रहेको भवन इलाका प्रहरी कार्यालय र सेनाको ब्यारेकछेउमा छ भने अदालत र सरकारी वकिलको कार्यालय पनि नजिकै छ। केन्द्रसँगको समन्वयमा शुक्रबारसम्म भवनको टुंगो लगाई सजावट सुरु गरिने छ। बुटवलका संघसंस्था प्रदेशसभा कार्यालयका लागि सचिवालय दिन तयार छन्। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले सरकारले चाहे भवन दिने जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.