दाङको पक्षमा बर्दियाका सभासद्

दाङको पक्षमा बर्दियाका सभासद्

गुलरिया : सरकारले ५ प्रदेशको अस्थायी राजधानी रूपन्देहीको बुटवल तोकेपछि बर्दियाका चार वटै प्रदेशका प्रदेशसभा सदस्यले असहमति जनाएका छन्। एमाले, माओवादी केन्द्रलगायत निर्वाचित प्रदेशसभाका सबै सदस्य अस्थायी राजधानी दाङ हुनुपर्ने पक्षमा उभिएका छन्। प्रदेशका १२ वटै जिल्लालाई पायक नपर्ने प्रदेशको पूर्वी कुनामा अस्थायी राजधानी तोकेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।

सरकार आफैंले गठन गरेको कार्यदलको सिफारिसलाई बेवास्ता गर्दै आमजनताको भावनाविपरीत संघीयतालाई समेत कमजोर पार्ने र अस्थिरता ल्याउने दूराशय पूर्ण भावनाका साथ प्रदेशको अस्थायी राजधानी बुटवल तोकेको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं बर्दिया प्रदेशसभा १ (ख) का सदस्य तिलकराम शर्माले आरोप लगाए। ‘प्रदेश राजधानी तोक्न प्रशासन पुनर्संरचना आयोगको सिफारिस, विज्ञको सुझाव र भौगोलिक समदूरीका आधारमा सन्तुलित रूपमा वर्तमान सरकारले अस्थायी मुकाम तोक्न सकेन', उनले भने, ‘सरकारले मनोमानी र स्वार्थप्रेरित निर्णय तुरुन्त सच्याउन हाम्रो माग छ।'

जनभावनाविपरीत गरिएको अस्थायी केन्द्रको निर्णय तुरुन्त नसच्याए प्रदेश ५ को विकल्प खोज्न बर्दियावासी बाध्य हुने चेतावनीसमेत शर्माले दिएका छन्। अविलम्ब प्रदेश ५ को अस्थायी राजधानी दाङ नतोकिए चरणबद्ध आन्दोलनमा उत्रने उनले जानकारी दिएका छन्।

राजधानीका सन्दर्भमा एमाले र माओवादी केन्द्रलगायत बर्दियाका चार वटै प्रदेशसभा सदस्यले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। एमाले बर्दियाका सचिव शालिकराम अधिकारी, माओवादी केन्द्रका जिल्ला अध्यक्ष भवनकुमार थारू, प्रदेशसभा सदस्य तिलकराम शर्मा, कविराम थारू, कुलप्रसाद पोखरेल तथा दिपेश थारूद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा माग पूरा नभए आन्दोलनका लागि तयारी हुन सम्पूर्ण बर्दियावासीलाई आह्वानसमेत गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.