सडकको चौडाइ नघाउन माग गर्दै आन्दोलन

सडकको चौडाइ नघाउन माग गर्दै आन्दोलन

धनगढी : सडक ऐनमा ५० मिटर चौडाइ उल्लेख गरिएको ६ लेन सडकको चौडाइ नघटाउन मागगर्दै धनगढी नगरबासीले गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। दृष्टिबिहीन युवाहरुको नेतृत्वमा शुक्रबार ६ लेनको सडकको चौडाइ नघटाउन दबाबस्वरुप धनगढी बन्दको आह्वान गरिएको थियो।

शुक्रबार धनगढी बजारमा शान्तिपुर्ण प्रदर्शन गरिरहेका ३ का वडा अध्यक्ष बलबहादुर ऐर, वडा सदस्य ओमविक्रम चन्द, स्थानीय मदन भट्ट सहितका १३ जनालाई प्रहरीले पक्राउ गरेको हो। कैलालीका एसपी विनोद घिमिरे आफै आएर १३ जनालाई पक्राउ गरेपछि उनको आलोचना गर्दै आन्दोलन थप उग्र भएको छ।

सडक ऐन २०३४ मा मोहनापुलदेखि सुरु हुने महाकाली राजमार्गको चौडाई ५० (अथवा केन्द्रबाट एकातिर साढे ८२ फिट) मिटर तोकिएको छ। तर १३ जना व्यापारीले पुष १९ गते त्यो सडकको चौडाइ ७५ फिट हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट हालेका छन्। उनीहरुलाई धनगढी उपमहानगरपालिकाले ७५ फिटमै नक्सा पास गरिदिएपछि अहिले आएर सडक सीमाको विवाद बल्झिएको हो।

सर्वोच्चमा परेको रीटको पुष २६ गते र माघ २ गते गरी दुई पटकको पेसी सरेको छ। स्थानीयले ६ लेन सडकको चौडाइ ५० मिटर नै कायम हुनुपर्ने भन्दै विकासको पक्षमा शुक्रबार धनगढी बन्दको आह्वान गरेका हुन। धनगढीको ट्राफिक चोकमा जम्मा भएका नगरबासीले सवारी साधान रोक्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

आन्दोलनको नेतृत्व गरिरहेका दृष्टिविहिन अर्जुन रावलले विकासको पक्षमा बन्द गरिदिन आग्रह गरेपछि, चारवटा यातायात व्यवसायी संघ, विभिन्न पेशागत संघसंगठनहरुले स्वस्फुर्तरुपमा बन्दप्रति एक्यबद्धता आह्वान गरेको बताए।बन्दमा सबै राजनीतिक दलका स्थानीय जनप्रतिनिधिहरु पनि उत्रिएका छन्। विवेकशील साझा पार्टीका प्रदेश संयोजक गोपाल हमाल, एमालेका जिल्ला सचिव रणबहादुर रावल, कांग्रेका सचिव पूर्ण कुवर र माओवादी केन्द्रका रमेश धामी पनि सडकमा उत्रीएका छन।

उनीहरुले धनगढी चोकमा कोणसभाको आयोजना गर्दै सडकको चौडाइ घटाउने चलखेल विकासको विरोध भएको बताएका छन्।व्यापारिक मार्ग विस्तार आयोजनाले मोहनापुलदेखि अत्तरियासम्मको झण्डै १५ किलोमिटर सडकको तीन प्याकेज गरी पौने दुई अर्बमा ठेक्का दिएर निर्माण सुरु भइसकेको छ। बजार क्षेत्रमा परेका १२४ संरचनामध्ये १३ जनाले मात्रै संरचना भत्काउन आनाकानी गरेर रिट दिएका हुन्।

धेरै संरचना भएका नगरबासीले विकासको विरोधी नहुने भन्दै संरचना भत्काइरहेका छन्। तर सर्वोच्चमा रिट परेपछि, त्यसको फैसला नहुन्जेलसम्मका लागि संरचना नभत्काउन निर्देशन भएकाले अहिले निर्माण काम रोकिएको छ। बिहान पक्राउ गरिएका १३ जनालाई, धेरै आलोचना खेपेपछि प्रहरीले केही बेरअघि रिहा गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.