राजधानी दाङ नभए प्रदेश टुक्रयाउने चेतावनी

 राजधानी दाङ नभए प्रदेश टुक्रयाउने चेतावनी

नेपालगन्जः बाँकेवासीले प्रदेश नम्बर पाँचको राजधानी बुटवल कायम भए ५ नम्बर प्रदेश टुक्र्याउने चेतावनी दिएका छन्। दाङलाई ५ नम्बरको राजधानी बनाउने चर्चा चलिरहेको बेला एकाएक सरकारले अस्थायी राजधानीको रुपमा बुटवल तोकिनुले यस प्रदेशका केही जिल्लाहरुमा आन्दोलन सुरु भएको छ। दाङमा राजधानी नतोकिएपछि शुक्रबार बाँकेले नेपालगन्जलाई प्रदेश राजधानीको माग गर्दै आन्दोलन थालेको हो।

कुनैपनि हालतमा बुटवललाई राजधानी स्वीकार्न नसकिने भन्दै विभिन्न सरोकारवाला निकायहरुको सहभागितामा नेपाल वार एशोसियसन संघको नेतृत्वमा आन्दोलन सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको आन्दोलन दाङ प्रदेश ५ को राजधानी नदिएसम्म कडाइका साथ निरन्तरता दिने बताइएको छ।आन्दोलनमा सहभागीहरु बाँकेका अगुवाहरुले केही गरी सरकारले हालको निर्णय नसच्याए ५ नम्बर प्रदेशलाई टुक्र्याउने चेतावनी दिएका छन्।

५ को राजधानी बाँकेमा नभए नयाँ मुलुक नयाँ प्रदेशको अवधारणा अघि सार्दै अन्दोलन चर्काइने भएको छ। रुपन्देही बाँकेका लागि अपायक पर्ने भएकाले रुपन्देहीलाई कुनै पनि हालतमा प्रदेशको राजधानी मान्न नसकिने बाँके निर्वाचन २ बाट निर्वाचित सांसद मो. ईस्तियाक राइले बताए। ‘हामीलाई कुनैपनि हालतमा बुटवल मान्य छैन, बाँकेलाई सरकारले पछाडी पार्न खोजको छ। यसको गम्भीर परिणाम भोग्नुपर्छ, त्यसका लागि जस्तोसुकै आन्दोलन पनि चर्काउन तयार छौं।’

आन्दोलनमा बाँकेका नवनिर्वाचित सांसद, जनप्रतिनिधि, व्यापारी, बुद्धिजीवीलगायतको ऐकयबद्धता रहेको छ। माओवादी केन्द्रबाट निर्वाचित सांसद अआइपी खरेलले पनि बाँकेलाई राजधानी नदिए नयाँ प्रदेश जन्माउने चेतावनी दिए। उनले २४ जिल्लाको केन्द्रको रुपमा रहेको बाँकेले बुटवल धाउनुपरे आठौं प्रदेश जन्माउन बाध्य हुने चेतावनी दिए। ‘बाँके इतिहासिक सहर हुनुका साथै मध्य र सुदूरको केन्द्र पनि हो’ उनले भने, ‘यदी हामी सबै बुटवल नै जानुपर्ने भयो भने, सरकारले पाँच नम्बर प्रदेश टुक्रिएको हेर्नुपर्नेछ।’ नेपाली काँग्रेसका प्रदेशसभा सदस्य सुरेन्द्र हमालले राज्यको नियतको कारण नेपालगन्ज पुरानो र भौतिक प्रर्वाधार भएर पनि पछाडि पारिएको आरोप लगाए।

नेपालगन्ज उप–महानगरपालिकाका प्रमु्ख डा. धवल शम्शेर राणाले नेपालगन्जको अस्तित्व नै समाप्त गर्ने गरी पूर्वाधार सबै भएर पनि बाँकेलाई पछाडी पारिएको बताए। उनले शान्तिपूर्ण तथा दबाबमुलक दह्रो आन्दोलनको विकल्प नरहेको ठोकुवा गरे। बाँकेलाई राजधानी बनाउन आन्दोलनको विकल्प नभएकोमा सबै बाँकेबासी एकमत ह‌ुँदै आन्दोलन घोषणा गरिएको पापडको नेतृत्व गरिरहेको बार नेपालगन्जका अध्यक्ष बलबहादुर चन्दले उल्लेख गरे।

सरकारले निर्णय नसच्याए दाङ, बाँके र बर्दिया मिसाउँदै नयाँ प्रदेश बनाउने अथवा प्रदेश नम्बर ६ मा जाने भन्ने विषयमा समेत चर्चा चल्न थालेको छ। पश्चिम नेपालको मुख्य आर्थिक केन्द्रविन्दु नेपालगन्जलाई सरकरले उपेक्षा गरेको भन्दै राजधानी नबनाइए ठूलो मूल्य चुकाउने चेतावनी दिइएको छ।

घरमा कालो झण्डा
५ नम्बर प्रदेशको राजधानी बुटवलमा बनाएको विरोधमा सम्पूर्ण नेपालगन्जबासीले विरोधस्वरुप घर घरमा कालो झण्डा राख्ने भएका छन्। प्रदर्शनकारीको अनुरोधपछि सरकारी निर्णयको विरुद्ध शनिबारदेखि प्रत्येक घर र व्यवसायिक पसलमा कालो झण्डा राखिने भएको हो। बाँकेलाई राजधानी नदिएसम्म कालोझण्डा राख्ने भएका छन्। यस्तै, सरकारले बाँकेवासीको मागलाई ध्यान नदिए आन्दोलनलाई चर्काउनुका साथै सडक अनिश्चितकाल ठप्प पार्ने चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.