दाङमा चर्किँदै विरोधः देउवा, महरा र पोखरेलको पुत्ला जलाइयो

दाङमा चर्किँदै विरोधः देउवा, महरा र पोखरेलको पुत्ला जलाइयो

दाङ : प्रदेश नम्बर ५ को राजधानी दाङलाई नबनाएको विरोधमा प्रधानमन्त्रीसहित जिल्लाबाट निर्वाचित प्रभावशाली नेताहरुको शुक्रवार पुत्ला दहन गरिएको छ ।

आमहड्तालको चौथो दिनसम्म पनि जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरु सडकमा आएर दंगालीलाई साथ नदिएको भन्दै माओवादी केन्द्रका नेता एवं दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा र नेकपा एमालेका नेता एवं निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश २ मा निर्वाचित शंकर पोख्रेलको पुत्ला दहन गरिएको छ ।

त्यसैगरी दाङलाई राजधानी बनाउन्े कुरामा धोका दिएको भन्दै आन्दोलकारीहरुले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाको पुत्ला दहन गरेका छन् । घोराहीमा प्रधानमन्त्री देउवासँगै महरा र पोख्रेलको पुत्ला दहन गरियो भने तुलसीपुर उपमहानगरपालिकाको डुरुवामा पनि पोखरेलको पुत्ला दहन गरिएको थियो ।

प्राविधिक टोलीले दाङलाई दाङलाई राजधानी बनाउन उपयुक्त भनेर तयार पारेको प्रतिवेदन दिएको तथा हरेक दृष्टिले दाङ राजधानीका लागि उपयुक्त हुँदाहँुदै पनि सरकारले एकलौटी रुपमा रुपन्देहीलाई बनाएको भन्दै दंगालीहरु आक्रोशित छन् ।

राजधानीका लागि पहल गर्न नसक्ने तथा आमहड्तालको चौथो दिनसम्म पनि दाङबासीलाई साथ दिन नआएको भन्दै महरा र पोख्रेलको पुत्ला दहन गरिएको नेविसंघका नेता तिलक रावतले बताए ।

राजधानी बनाउने बाचा गर्दै निर्वाचनमा मत मागेका प्रतिनिधिले विजयी भएर गएपछि दाङलाई राजधानी बनाउन नसकेको तथा पदसँग राजधानी साटेको आरोप लगाउँदै पुत्ला दहन गरिएको उनले बताए ।
राजधानीका लागि पहल पनि गर्न नसक्ने र जनतासँग सडकमा आउन नसक्ने जनप्रतिनिधिहरुको पुत्ला जलाइएको विद्यार्थी नेता लेखनाथ बुढाथोकीले वताए ।

राजधानीको माग गर्दै आह्वान गरिएको आमहड्तालका कारण जिल्लाको जनजिवन ठप्प छ । पूर्व पश्चिम राजमार्गमा यातायातका साधन चलन सकेका छैनन् । आन्दोलनकारीले सडकमै बसेर यातायात आवतजावत बन्द गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.