प्रचण्डले सांसदलाई गरे युद्धका कमाण्डरसँग तुलना

प्रचण्डले सांसदलाई गरे युद्धका कमाण्डरसँग तुलना

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समानुपातिक सांसदलाई बधाई दिँदै गर्दा जनयुद्धका महिला कमाण्डरको स्मरण गरेका छन्। शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्धको बेला कमाण्डर बनेका महिला नै सांसद बनेको भन्दै युद्धको सम्झना गरेका हुन्।

‘हिजो युद्धको बेला थुप्रै महिला कमाण्डर जन्मिए। आज प्रदेशसभाका समानुपातिक सांसदमा तपाईहरु अधिकांश महिला आउनु भएको छ’, प्रचण्डले भने, ‘यो दृश्य हेर्दा मलाई जनयुद्धका महिला कमाण्डरकै स्मरण भएको छ।’

माओवादी र जनयुद्धकै कारण संसदमा महिला, दलित, जनजाति, मधेशी, अपाङ्ग पुगेको दाबी प्रचण्डको छ। ‘यो हेर्दा मलाई गौरवको महशुस हुन्छ’, प्रचण्डले भने, ‘चाहे तिनीहरु एमाले, कांग्रेस वा अरु दलको कोटाबाट सांसद बनुन्, तिनीहरु माओवादी नै हुन् जस्तो लाग्छ, जनयुद्धले जन्माएका सांसद हुन जस्तो लाग्छ।’

उनले बधाई दिँदै सबै सांसदलाई जनताप्रति उत्तरदायी भएर काम गर्न समेत निर्देशन दिए। ‘तपाईहरु संघर्षको नयाँ मोर्चामा आउनु भएको छ, यो मोर्चा पनि निकै पेचिलो छ’ अध्यक्ष प्रचण्डले भने, ‘यो मोर्चामा तपाईहरुले जनताप्रति उत्तरदायी भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेछ। एमाले र माओवादीबीच पार्टी एकता हुँदैछ, एकताको भावसहित तपाईहरुले जनताको काम गर्नुहुनेछ, यसमा तपाईहरुलाई सफलता मिल्नेछ, म शुभकामना दिन चाहन्छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.