महासमिति बोलाउन देउवा तयार

महासमिति बोलाउन देउवा तयार

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा महासमिति भेला बोलाउन लचक भएका छन्।निर्वाचनमा पराजयपछि पहिलोपटक बसेको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले नेतृत्वको चर्को आलोचना गर्दै महासमिति बोलाउन माग गरेपछि फागुनमा अर्को केन्द्रीय कार्यसमिति बैठक गरेर महासमिति भेला गर्न सभापति शेरबहादुर देउवा तयार भएको केन्द्रीय सदस्य कल्याण गुरुङले बताए। ‘अधिकांश केन्द्रीय सदस्यले माग गरेपछि नेतृत्व महासमितिमा जान लचक भएको छ', गुरुङले अन्नपूर्णसँग भने।

बैठकपछि जारी विज्ञप्तिमा नेताहरूको मागलाई मध्यनजर गर्दै उपयुक्त समयमा महासमिति बैठक बोलाउने उल्लेख गरिएको छ। बैठकले चुनावमा पार्टीले ल्याएको नतिजाका विषयमा जिल्ला, नगर र गाउँ कमिटीको समन्वय गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन सम्बन्धित उम्मेदवारलाई निर्देशनसमेत दिएको छ।

सभापति देउवाले राष्ट्रियसभा निर्वाचनका विषयमा मात्रै कुरा राख्न आग्रह गरे पनि नेताहरूले चुनावी हार र समग्र पार्टीको अवस्थाका विषय उठाउन थालेपछि बिहीबार सुरु भएको बैठक शुक्रबार अबेरसम्म चलेको थियो। बिहान ११ बजे बालुवाटारमा सुरु भएको बैठक नवीन्द्रराज जोशीका पिताको निधन भएका कारण स्थगित भएको थियो।

अपराह्न ४ बजे पुनः सुरु भएको बैठकमा शेखर कोइराला, प्रकाशमान सिंह, बलबहादुर केसी, बालकृष्ण खाँण, बद्री पाण्डे, पूर्णबहादुर खड्कालगायतकाले बोलेका थिए। शुक्रबार पनि नेताहरूले कार्यसम्पादन समिति र संसदीय समिति विधानविपरीत रहेकाले खारेज गर्न माग गरे। केन्द्रीय सदस्य शेखर कोइरालाले अब संसदीय समितिमा सहभागी नहुने घोषणा गरेका थिए। कोइरालाले महासमिति बैठक तत्काल बोलाउन माग गरे। बैठकमा सहभागी एक नेताका अनुसार कोइरालाले महासमिति बैठक गरेर महाधिवेशनको तयारीमा जुट्न पार्टी नेतृत्वलाई आग्रह गरेका थिए।

बैठक वा बाहिर पार्टीको बारेमा आलोचनात्मक ढंगले बोलेकै भरमा अनुशासनको कारबाही गर्न चुनौती।

नेता प्रकाशमान सिंहले नेतृत्वकै कार्यशैलीका कारण चुनावमा हार व्यहोरेको दाबी गरे। उनले निर्वाचन समीक्षाका लागि छिट्टै अर्को बैठक बोलाउन माग गरे। प्रदेशसभामा कांग्रेसले पठाएको समानुपातिक सूचीप्रति समेत असहमति जनाउँदै आएका उनले केन्द्रीय कार्यसमितिको पूर्व निर्णयविपरीत पार्टीले सांसद चयन गरेको आरोप लगाए। सिंहले सभापतिले केही नेतालाई देखाएको अनुशासन कारबाहीको त्रासप्रति पनि आपत्ति जनाएका थिए। बैठक वा बाहिर पार्टीको बारेमा आलोचनात्मक ढंगले बोलेकै भरमा अनुशासनको कारबाही गर्न उनले चुनौती दिए।

केन्द्रीय सदस्य बलबहादुर केसीले पार्टी सञ्चालन स्वेच्छाचारी ढंगले भएको बताए। ‘निर्वाचनमा हारको मुख्य कारण पनि यही नै हो', उनले भने। पार्टी सञ्चालनमा देउवा असफल भएको दाबीसमेत उनले गरे।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहित युवानेता नेतृत्वविरुद्ध खनिएपछि देउवा खेमाका नेता भने रक्षात्मक बनेको बैठकमा सहभागी नेताहरूले बताएका छन। देउवा खेमाका अधिकांश नेताले राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा मात्रै धारणा राखेका थिए।

केन्द्रीय सदस्यहरूले राष्ट्रियसभामा मधेसी पार्टीहरूसँग तालमेल गर्न र राष्ट्रियसभा उम्मेदवार छान्दा यसअघिका निर्वाचनमा उम्मेदवार भएकालाई नदोहोर्‍याउन नेतृत्वलाई सुझाएको केन्द्रीय सदस्य गुरुङले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.