सरकारी बोर्ड झिकेर कालो झण्डा

सरकारी बोर्ड झिकेर कालो झण्डा

डोटी : प्रादेशिक राजधानीको मागसहित २३ दिनदेखि डोटीमा जारी आन्दोलन उग्र बन्दै गएको छ। शुक्रबार आन्दोलनकारीले ठाउँठाउँमा र्‍याली निकाल्दै नाराबाजीसहित यातायात, बजार, कलकारखाना, सरकारी तथा अन्य कार्यालय बन्द गरे।

आन्दोलनकारीले डोटीका क्षेत्रीय तथा जिल्लास्थित सरकारी कार्यालयका बोर्ड हटाएका छन्। बोर्डको ठाउँमा उनीहरूले कालो झण्डा गाडेर विरोध गरेका छन्। केही कार्यालयका झ्यालका सिसा, सुझाव पेटिका एवं सूचना बोर्ड तोडफोडसमेत गरेका छन्।


प्रहरीद्वारा अश्रुग्यास प्रहार

शुक्रबार जिल्ला सदरमुकाम सिलगढीको अवस्था तनावग्रस्त बनेपछि प्रहरीले अ श्रुग्यास प्रहार गर्नुपर्‍यो। आन्दोलनकारीहरूले जिल्ला प्रशासनअगाडि कोणसभा गरिरहेका बेला प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको छ। आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा दर्जनौँ आन्दोलनकारी घाइते भएका छन्।


सिलगढीको अवस्था तनावग्रस्त बनेपछि प्रहरीले अ श्रुग्यास प्रहार गर्नुपर्‍यो।

प्रहरीद्वारा दर्जनौँ सेल अ श्रुग्यास प्रहार गर्दा आन्दोलनकारी तितरबित भएका छन्। प्रहरीको लाठीचार्जबाट एमालेका जिल्ला अध्यक्ष चक्रबहादुर मल्ल, माओवादी केन्द्रका केन्द्रीय सदस्य जनार्दन जोशी, नेविसंघका केन्द्रीय सदस्य विजयराज ओझालगायत दर्जनौँ आन्दोलनकारी घाइते भएका छन्। प्रहरीको कुटाइबाट जिल्ला कृषि विकास कार्यालयको भवन निर्माण गर्ने मजदुरसमेत घाइते भएका छन्।

हुलाक र कृषि विकासको कार्यालयमा आगो

आन्दोलनकारीको आक्रोशित भीडले सिलगढीस्थित जिल्ला हुलाक कार्यालय र जिल्ला कृषि विकास कार्यालयमा आगो लगाइदिएका छन्। आन्दोलनकारीले लगाएको आगोबाट कार्यालयमा केही क्षति पुगेको छ भने कागजात जलेका छन्। त्यसैगरी बिहीबार राति आन्दोलनकारीले जिल्ला शिक्षा कार्यालय परिसरमा राखिएको महिन्द्रा जिपमा आगो लगाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.