'प्रदेश ५ को मुकाम सरकारले सच्याउनुपर्छ '

'प्रदेश ५ को मुकाम सरकारले सच्याउनुपर्छ '

 लिबाङ : माओवादी केन्द्रका नेता एवं पार्टीका प्रदेश ५ इन्चार्ज वर्षमान पुन अनन्तले रुकुमपूर्व, बर्दिया र पश्चिम नवलपरासीका जनताको पायक पर्ने ठाउँमा प्रदेश राजधानी हुने गरी निर्णय सच्याउनुपर्ने बताएका छन् ।

सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल तोकेपछि आन्दोलन चर्किंदै गएको बेला शुक्रबार गृहजिल्ला रोल्पा आएका पूर्वअर्थमन्त्री पुनले सरकारले संघीयता नै नबुझेर प्रदेश मुकाम तोकेको आरोप लगाए । ‘संघीयता भनेको सबै जनताका लागि पायक पर्ने स्थानमा प्रदेश मुकाम र स्थानीय तह लैजाने भन्ने हो । प्रदेश ५ को अस्थायी मुकाम अपायक हुने गरी तोकिएको छ,’ पुनले भने, ‘जनतालाई पायक पर्ने ठाउँ ख्याल गरेर निर्णय सच्याउनुपर्छ । यसका लागि समय छ ।’

रोल्पा नगरपालिकाको लिबाङस्थित वडा नं ४ को नयाँ भवन उद्घाटनमा नेता पुनले संक्रमणकालीन सरकारले संक्रमणकालीन निर्णय गरेको भन्दै व्यंग्यसमते गरे । उनले दाङ प्रदेश राजधानी हुनुपर्नेमा जोड दिँदै उच्च अदालत राखिएको प्रदेश निर्वाचन हुने ठाउँमै मुकाम हुनुपर्ने बताएका छन् । उनले भने, ‘सरकारले गलत निर्णय गरेको छ ।’ प्रदेशस्तरका आयोग, प्रहरी र न्यायलयको संरचना बसिसकेकाले दाङ मुकामका लागि आन्दोलन स्वाभाविक भएको पनि टिप्पणी गरे ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.