घरेलुको भवन प्रदेश प्रमुखको कार्यालय

घरेलुको भवन प्रदेश प्रमुखको कार्यालय

धनगढी : धनगढीलाई प्रदेश ७ को अस्थायी राजधानी तोकिएसँगै प्रदेश प्रमुखको सचिवालय, निवास, प्रदेशसभा बैठक र प्रदेश सांसदलाई शपथ ग्रहण गराउने भवनको टुंगो लगाइएको छ।

जिल्ला प्रशसन कार्यालय कैलालीमा शुक्रबार बसेको प्रदेश कार्यालय व्यवस्थापन समिति बैठकले यसको टुंगो लगाएको हो। क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेल, उपप्रशासक शंकरबहादुर विष्ट, जिल्ला प्रशासनका प्रतिनिधि, सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख सम्मिलित टोलीले दुई दिनसम्म धनगढीका डेढ दर्जन कार्यालयको निरीक्षणपछि टुंगो लगाएको हो।

धनगढीको वडा नं ४ उत्तरबेहडीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयको नयाँ भवनमा प्रदेश प्रमुखको सचिवालय र वनदेवी मन्दिरसँगै जोडिएको क्षेत्रीय वन निर्देशकको निवासमा प्रदेश प्रमुखको निवास राख्ने निर्णय गरिएको हो। शुक्रबार जिल्लास्थित सबै कार्यालय प्रमुखसहित कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल सहभागी बैठकले सचिवालय र निवासको टुंगो लगाएको क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेलले बताए।

प्रदेशसभा बैठक राख्न जिल्ला समन्वय समितिको सभाहल छनोट गरिएको छ। कैलाली जिल्ला समन्वय समितिको सभाकक्षामा आइतबार ११ बजे शपथ ग्रहणको कार्यक्रम छ।

कैलाली जिल्ला समन्वय समितिको सभाकक्षामा आइतबार ११ बजे शपथ ग्रहणको कार्यक्रम छ।

प्रदेश प्रमुखको निवास, सचिवालय, प्रदेशसभा बैठक र प्रदेश सांसदको शपथ ग्रहणका लागि भवनको टुंगो लगाएसँगै ती भवनलाई रङरोगन, फर्निचर व्यवस्थापन र सिँगारपटारको काम पनि सुरु भएको छ। शुक्रबार शपथ ग्रहण गरिसकेका प्रदेश प्रमुख मोहनराज मल्ल शनिबार धनगढी आउने र विमानस्थलबाट सीधै निजी सचिवालय अथवा निवासमा आउने कार्यक्रम रहेको प्रदेश कार्यालय व्यवस्थापन समितिका सदस्य सचिव तथा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीका प्रमुख रवीन्द्र बोहराले बताए।

प्रदेश कार्यालय व्यवस्थापन समितिले यसलगत्तै मुख्यमन्त्री निवास, मन्त्रालय र मन्त्रीहरूको निवासको पनि टुंगो लगाउनेछ। समितिले मुख्यमन्त्रीको सचिवालयका लागि क्षेत्रीय सिँचाइ निर्देशनालयको भवन सबैभन्दा उपयुक्त ठम्याए पनि निर्णय गरिएको छैन। समितिले जिल्ला शिक्षा कार्यालयलाई पनि मुख्यमन्त्रीको कार्यालयका लागि विकल्पमा छनोट गरेको छ।

राष्ट्रपति भवनमा शपथ लिएपछि निर्वाचन आयोगले तयार पारेको प्रदेशसभा निर्वाचनसम्बन्धी प्रतिवेदन बुझेर प्रदेश प्रमुखले औपचारिक रूपमा जिम्मेवारी लिइसकेका छन्। निर्वाचन आयोगले माघ ७ भित्रै प्रदेशसभा सदस्यलाई शपथ गराउन भनेकाले पनि अहिले तीव्र रूपमा काम अघि बढाइएको हो।

यस्ता छन् छनोट भएका भवन

घरेलुका हालै दुईवटा नयाँ भवन निर्माण सम्पन्न भएर खाली थिए। घरेलुले अहिले पुरानै कार्यालयबाट सेवा दिइरहेकाले प्रदेश प्रमुखका लागि दुईतले दुईवटै नयाँ भवन छनोटमा परेका हुन्। ती भवनमा रङरोगन यसअघि नै गरिएको छ। त्यहाँ फर्निचरको मात्रै व्यवस्थापन गर्नुपर्ने समितिले जानकारी दिएको छ।

उता प्रदेश प्रमुखका लागि छनोटमा परेको निवासमा क्षेत्रीय वन निर्देशक बस्दै आएका थिए। उनलाई क्षेत्रीय सिँचाइको गेस्ट हाउसमा सारिएको छ। प्रदेश प्रमुखको सचिवालय नै ठूलो हुने भएकाले पनि निजी सचिवालयका लागि क्षेत्रीय वनको तीनतले भवन छनोटमा परेको प्रदेश कार्यालय व्यवस्थापन समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.