प्रचण्ड आज पनि बालकोटमा : ओलीसँग छलफल जारी

प्रचण्ड आज पनि बालकोटमा : ओलीसँग छलफल जारी

काठमाडौं : मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार पनि बालकोट पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता, राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठन सम्बन्धमा छलफल गर्न प्रचण्ड ओली निवासमा पुगेका हुन्।

ओली र प्रचण्डको छलफलमा आइतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा, पार्टी एकताको साझा दस्तावेजलगायत विषयमा छलफल भइराखेको प्रचण्डका स्वकीय सचिव मनहरि तिमल्सिनाले जानकारी दिए । शुक्रबारसमेत ओली र प्रचण्डबीच तीन घण्टा एक्लाएक्लै छलफल भएको थियो । 

प्रचण्ड र ओलीको छलफलबारे जानकारी दिँदै तिमल्सिनाले भने, ‘संयुक्त कार्यदलले तयार पारेको राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठन सम्बन्धि रिपोर्ट र भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा, पार्टी एकताको साझा दस्तावेजलगायतका विषयमा छलफल हुँदै छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.