ओली र प्रचण्डको बालकोट वार्तामा के कुरा भयाे ?

ओली र प्रचण्डको बालकोट वार्तामा के कुरा भयाे ?

काठमाडौं : शनिबार बालकोटमा भएको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। शनिबारको छलफल आइतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डामा केन्द्रित भएको छ।

ओली निवास बालकोटमा भएको छलफलमा राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठनका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट, पार्टी एकता र एकताको साझा दस्तावेजका विषयमा कुराकानी भएको प्रचण्डले जानकारी दिए।

दुई नेताबीच भएको छलफलमा बैठकका एजेण्डाबारे छलफल भएको र आइतबारदिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्रकारलाई जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रचण्डले भने, ‘आजको छलफल आइतबार बस्ने संयोजन समिति बैठकका एजेण्डामा केन्द्रित भयो।’ प्रचण्डले अन्य थप विषयको निर्णय संयोजन समितिले नै गर्ने बताएका छन्।

एमाले-माओवादी एकता प्रयास निर्णायक मोडमा

शुक्रबार एमाले-माओवादीबीच चार महिनायताको एकता प्रक्रिया निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका थिए । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका बनाएको उच्च स्रोतले जानकारी दिएको थियो ।एकताबारे ‘विभिन्न आशंका र षड्यन्त्रलाई चिरेर’ छोटो र छिटो विधिबाट पार्टी एकता टुंगोमा पुर्‍याउने समझदारी दुई शीर्ष नेताबीच भएको दाबी गरिएको छ ।

बैंककको नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका ओली र दाहालबीच शुक्रबार तीन घण्टा लामो छलफल यसै प्रक्रियालाई टुंग्याउनेमा केन्द्रित रहेको थियो । पार्टी एकता, राष्ट्रियसभा निर्वाचनमा कार्यदलले दिएको प्रतिवेदन र प्रदेश सरकार गठनका विषयमा ‘गहन र सकारात्मक’ छलफल भएको दुवै पक्षका नेताहरूले बताएका छन् ।

दाहाल र ओलीबीच टुंगिन बाँकी विषयलाई अन्तिम रूप दिन शनिबार थप छलफल हुने ओलीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको थियो । दुई पार्टीबीचको एकतालाई ठोस रूपमा अघि बढाउन आइतबार एकता संयोजन समिति बैठक बोलाइएको छ ।


बैठक बारम्बार भए पनि ओली र दाहालबीच पार्टी एकता कसरी गर्ने भन्नेमा अझै पनि विभिन्न मोडेलमा छलफल विचाराधीन छ । उच्च स्रोतका अनुसार ओली र दाहाल दुवै अध्यक्ष रहने, एमालेका पदाधिकारीलाई यथावत् राखेर माओवादी केन्द्रबाट केही पदाधिकारी थपेर अघि बढ्ने विषयमा नेताहरू सहमतिनजिक छन् । तर, माओवादी केन्द्रका केही नेताले भने प्रधानमन्त्रीमा ओली, पार्टीको सबै नेतृत्व लिने गरी दाहाललाई पार्टी अध्यक्ष बनाउनुपर्ने दबाब दिइरहेका छन् ।

एकतामा पार्टी नेतृत्व, प्रदेशका मुख्यमन्त्री र सभामुख तथा राष्ट्रियसभा गठनका लागि कार्यदलले दिएको प्रतिवेदनबारे ओली र दाहालबीच छलफल भएको दुवै नेताका सचिवालयले जनाएका छन् । एमाले नेता सुवास नेम्बाङ नेतृत्वको कार्यदलले राष्ट्रियसभा चुनावमा दुई दलबीच सिट बाँडफाँट गरी ओली र दाहाललाई बुझाएको थियो । कार्यदलले राष्ट्रियसभामा ४३ सिटमा उम्मेदवारी दिने र तीमध्ये एमालेले २९ र माओवादी केन्द्रले १४ सिटमा उम्मेदवारी दिने गरी सहमति गरेको थियो । ओली बैंकक जानुअघि गठित उक्त कार्यदलले दिएको प्रतिवेदनलाई सामान्य हेरफेर गरी टुंग्याउने समझदारी दुई नेताबीच भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । राष्ट्रियसभाका लागि माघ १० गते उम्मेदवार मनोनयनको मिति तोकिएको छ ।

सँगै कार्यदलले प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुखबारे तयार पारेको प्रतिवेदनमाथि पनि ओली र दाहालबीच कुराकानी भएको थियो । प्रदेश २ बाहेक अरू सबै प्रदेशमा वाम गठबन्धनको बहुमत रहेकाले ६ वटा प्रदेशमा उनीहरूकै मुख्यमन्त्री र सभामुख निर्वाचित हुने अवस्था छ ।

माओवादी केन्द्रले २ र एमालेले ४ वटा प्रदेशको सरकारको नेतृत्व लिने र जसको जुन प्रदेशमा सरकार बन्छ, त्यो प्रदेशमा अर्को दलको सभामुख हुने गरी कार्यदलमा छलफल भएको थियो ।

सबै विषय टुंगोमा पुग्न नसकेका कारण ओली र दाहालबीच शनिबार पुनः छलफल भएको हो । सरकारले तोकेका प्रदेश प्रमुखबारे पछि मात्र निर्णयमा पुग्ने र प्रदेश मुकामका विषयमा पछि नै प्रदेशसभाले निर्णय गर्ने भएका कारण हाललाई ती विषयलाई चर्चाको विषय बनाउने भन्नेमा दुई नेता सहमतिमा पुगेका छन्। संघ र प्रदेशका चुनावलाई लक्ष्य गर्दै असोज १७ मा चुनावी तालमेल घोषणा गरेका दुई ठूला वाम दलले पार्टी एकतासम्म पुग्ने लक्ष्य लिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.