एउटै बाटोमा हिँडिसकेपछि किन चाहियो दुई पार्टी ?

एउटै बाटोमा हिँडिसकेपछि किन चाहियो दुई पार्टी ?

काठमाडौं: पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक-अर्काका पुरकको रहेको बताएका छन् ।

माओवादी केन्द्रसम्वद्ध जनसांस्कृतिक महासंघ, नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यसो भनेका हुन् । ‘२०१९ सालपछि कम्युनिष्ट आन्दोलन विभाजित भयो, त्यसपछि अलग-अलग कम्युनिष्ट पार्टी देखिए', उनले भने, '२०२५ मा मोहनविक्रम सिंहले केन्द्रीय न्यूक्लियस गठन गर्नुभयो भने २०२८ सालमा पुष्पलालले कोओर्डिनेशन केन्द्र । अहिलेको एमाले कोओर्डिनेशन केन्द्र र माओवादी केन्द्र केन्द्रीय न्यूक्लियसको धारा हो । इतिहासमा यी दुई धाराले एक-अर्काको अस्तित्व रक्षाका लागि पुरकको भूमिका खेल्दै आएका छन् ।’

जनयुद्धको प्रसंग कोट्याउँदै प्रचण्डले त्यसबेला माओवादी प्रतिक्रियावादीको निशानामा परेको जिकिर गरे । ‘जनयुद्ध एकपछि अर्को विजयतिर गयो, त्यसपछि प्रतिक्रियावादीहरुको निशानामा माओवादी पर्‍यो । पहिले निशानामा एमाले थियो । तर, अब माओवादी नै निशाना बन्यो’, प्रचण्डले भने, ‘२०५७ को राष्ट्रिय सम्मेलनपछि प्रतिक्रियावादीले हामीलाई नै निशाना बनाए, उनीहरुले एमालेलाई मित्र र हामीलाई दुष्मन देख्न थाले, त्यसले एमालेको रक्षा गर्‍यो । इतिहासमा नियतमा नभए पनि वस्तुगत रुपमा एमालेले माओवादी र माओवादीले एमालेको रक्षा गर्न वस्तुगत भूमिका खेल्यो ।'

०४९ सालमा मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रस्ताव अघि सारेको प्रसंग निकाल्दै दाहालले त्यसले कम्युनिष्ट आन्दोलनलाई कमजोर नपारेको जिकिर गरे । 'विश्वभरी कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा थियो, त्यस्तो परिस्थितिमा कम्युनिष्ट आन्दोलनलाई बचाउन उहाँले बहुदलीय जनवादको प्रस्ताव अघि सार्नुभयो', उनले भने, 'अहिले एमाले र माओवादी अलग-अलग पार्टी हुनुपर्ने कारण नै म देख्दिनँ । हामीले पनि ८, १० वर्ष शान्तिपूर्ण रुपमै समाजवादको तयारी गर्ने भनेका छौं, उहाँहरु पनि त्यही भन्नुभएको छ, समान राजनीतिक कार्यदिशा भएपछि अलग-अलग पार्टीको अस्तित्व राख्नु उचित हुँदैन ।’

प्रचण्डले नयाँ बन्ने पार्टीको बैचारिक कार्यदिशाबारे अहिले बहस भइरहेको पनि जिकिर गरे । 'हामीले माओवाद छोडेका छैनौं, उहाँहरुले पनि जनताको बहुदलीय जनवाद छोड्नुभएको छैन, नेपालको राजनीतिक क्रान्तिमा माओवादको भूमिका छ भन्ने कुरामा एमालेका नेताहरु पनि सहमत हुनुहुन्छ', उनले थपे, 'हामी पनि बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आएका छौं । अबको वैचारिक संश्लेषण कसरी गर्ने ? भन्ने हामी छलफलमा छौं । हिजोबाट वैचारिक विषयमा छलफल सुरु भएको छ ।'

जनयुद्धको भूमिका र योगदानबारे एमाले र आफूहरुबीच विवाद नभएको उनले बताए । 'एकले अर्काको पूर्ण सम्मान गरेर र अहिलेको परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर हामी अघि बढ्छौं', उनले भने, 'यसमा कसैले शंका गर्नु पर्दैन ।’

एमाले-माओवादी एकतालाई लिएर केही समूहबाट भइरहेको विरोधको पनि उनले कडा आलोचना गरे । ‘केही साथीहरु एकताको विरोध गर्दै हुनुहुन्छ, त्यसको कुनै औचित्य छैन । जनताले एकता चाहेका छन्, एमाले-माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका छन्’, प्रचण्डले भने, ‘जनता खुसी हुँदा उहाँहरु किन निरास हुनुभयो ? राजनीतिक स्थिरता, समृद्धि र समाजवाद आउँदा उहाँहरुलाई के घाटा हुन्छ ? बुझेको छैन । आफू लागेका विषय खुल्ला फोरममा छलफल गर्न छोडेर एकता र बहसबाट भाग्ने क्रान्तिकारी हुन सक्दैन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.