युवा क्रिकेटर सन्दिप लामिछाने आईपीएलको अक्सनमा

युवा क्रिकेटर सन्दिप लामिछाने आईपीएलको अक्सनमा

काठमाडौँ: बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को अक्सन लिस्टमा नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने छनोटमा परेका छन् । नयाँ सिजनको आईपीएलका लागि अक्सन लिस्टमा परेपछि उनको न्यूनतम् मूल्य २० लाख भारतीय रुपैयाँ तोकिएको छ । आईपीएलको अक्सनमा छनोट भएका सन्दीप पहिलो नेपाली क्रिकेट खेलाडी हुन् ।

अब उनलाई आईपीएल खेल्ने टिमले किन्नुपर्ने हुन्छ । अक्सनमा उनलाई आईपीएलका टिमले खरिदका लागि प्रस्ताव गरेमा उनले आईपीएल खेल्न पाउने छन् ।

आईपीएलले अक्सनमा सबैभन्दा धेरै भारतका ३६० जना क्रिकेटरलाई राखेको छ। २१८ जना अन्य खेलाडीसहित सन्दीपसहित अन्य मुलुकका रहेका छन् । अक्सनमा समावेश जम्मा ५७८ जना खेलाडीमा सन्दीप एसोसियट देशको तर्फबाट सूचीमा २७६ नम्बरमा परेका छन् ।

यही जनवरी २७ र २८ मा बैंगलोरमा हुने अक्सनमा आईपीएका टीमहरुले सन्दीपसहितका खेलाडीमाथि बोली लगाउने कार्यक्रम छ । तर, सन्दीपले आईपीएलमा खेल्नका लागि अक्सन लिस्टमा परेर मात्रै हुँदैन । अक्सनमा परेपछि आईपीएलका टिमहरुले उनीमाथि बोली लगाएर किन्नु पनि पर्ने हुन्छ।

छिमेकी भारतमा हुने आईपीएलमा यसअघि केही नेपाली खेलाडीले प्रयास गरेका थिए । नेपालका चर्चित क्रिकेट शक्ति गौचनले पनि आईपीएको चर्चित टोली राजस्थान रोयल्सबाट ट्रायल दिए पनि खेल्न भने पाएनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.