एथ्लेटिको मड्रिडले बराबरी खेल्दा बार्सिलोनालार्इ फाइदा
काठमाडौँ: स्पेनिस ला लिगामा उपाधि होडमा रहेको एथ्लेटिको मड्रिडले बराबरी खेलेपछि बार्सिलोनाको उपाधि यात्रा सहज भएको छ । उपाधि होडमा दोस्रो स्थानमा रहेको एथ्लेटिको गिरोनासँग १-१ गोलको बराबरीमा रोकिएपछि बार्सिलोनालार्इ फाइदा भएको हो ।
एथ्लेटिकोले घरेलु मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । एथ्लेटिकोकाक लागि फ्रान्सेली स्ट्राइरक एन्टोनी ग्रिजमनले पहिलो हाफको ३४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा गिरोना खेलमा फर्कियो । उसका लागि खेलको ७३औँ मिनेटमा क्रिस्टियन पोर्टुले गोल गरेपछि एथलेटिको अंक बाँड्नु पर्यो ।
एथ्लेटिकोले बराबरी खेलेपछि यसको प्रत्यक्ष फाइदा भने लि लिडर बार्सिलोनाले लिएको छ । एथ्लेटिकोको बराबरीले बार्सिलोनाको अंकदुरी ८ पुगेको छ । ५१ अंकसहित बार्सिलोना शीर्ष स्थानमा रहँदा एथ्लेटिको ४३ अंकसहित दोस्रो स्थानमा छ । तर एथ्लेटिकोले एक खेल कम खेलेको छ ।