खडेरी ‘ओपनिङ’ ब्याट्सम्यानको

खडेरी ‘ओपनिङ’ ब्याट्सम्यानको

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पछिल्लो समय सबैभन्दा बढी केही परिवर्तन भएको छ भने प्रारम्भिक ब्याट्सम्यानको जोडी हो । सन् २०१० यता सात वर्षको अवधिमा नेपाली राष्ट्रिय टोलीमा प्रारम्भिक ब्याट्सम्यानको जोडी २१ पटक परिवर्तन भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) डिभिजन दुईको तयारीमा रहेको नेपाली टोली प्रतियोगिताका लागि फेरि नयाँ प्रारम्भिक ब्याट्सम्यानको जोडीको खोजीमा छ ।

खोजी त्यति सजिलो भने छैन । यसपटक पनि तेस्रो क्रमबाट उपकप्तान ज्ञानेन्द्र मल्ललाई नेपाली टोलीको पालि सुरुआत गर्न पठाउनुपर्नेछ । उनलाई दोस्रो ‘इन्ड’बाट बलियो साथ दिनसक्ने अर्काे ब्याट्सम्यानको खोजी गर्नु छ ।

प्रतियोगिताको तयारीस्वरूप हाल बन्द प्रशिक्षणमा रहेका २१ खेलाडीमध्ये प्रारम्भिक ब्याट्सम्यानमा ज्ञानेन्द्रको जोडीका रूपमा दिलीप नाथ वा सुनिल धमलाको सम्भावना छ । यद्यपि यी दुईमध्ये मात्र एक खेलाडीले प्लेइङ ११ मा अवसर पाउने सम्भावना छ । प्रशिक्षक जगत टमाटा बन्द प्रशिक्षण र वैदेशिक प्रशिक्षणमा गरेको प्रदर्शनलाई हेरेर दिलीप र सुनिलमध्ये एक खेलाडीलाई प्रारम्भिक ब्याट्सम्यानका रूपमा खेलाइने तयारी रहेको बताउँछन् । त्यसैले सुनिल र सुनिल धमलामध्ये एकमात्रै खेलाडी अन्तिम १४ भित्र पर्ने सम्भावना छ । अन्तिम १४ भित्र परेको अवस्थामा पनि प्लेइङ ११ मा पर्ने सम्भावना एकको मात्रै छ ।

‘हामी प्रारम्भिक ब्याट्सम्यानका लागि ज्ञानेन्द्रलाई बलियो साथ दिने अर्काे खेलाडीको खोजी गरिरहेका छौं । त्यसका लागि दिलीप र सुनिललाई प्रयास गरिरहेका छौं’, प्रशिक्षक टमाटा भन्छन्, ‘हामीसँग अझै केही दिन छ । यो अवधिमा उनीहरूको प्रदर्शनलाई हेरेर उत्कृष्टमध्ये एकलाई ज्ञानेन्द्रको जोडीका रूपमा खेलाउने छौं ।’

बलरले आवश्यकताअनुसार सहजै टर्न र स्विङ गराउनसक्ने नयाँ बलसँग खेल्नुपर्ने भएकाले प्रारम्भिक ब्याट्सम्यान अनुभवी हुनुपर्नेछ । प्रारम्भिक ब्याट्सम्यानले पिच कन्डिसन बुझेर खेल्न सक्नुपर्छ । प्रारम्भिक ब्याट्सम्यान सुरुआतमै आउट हुँदा टोलीको पालि अघि बढाउन अन्य खेलाडीमा दबाब बढ्नेछ । त्यसैले प्रारम्भिक ब्याट्सम्यानमाथि पिचको व्यवहार बुझेर लामो पालि खेल्नसक्ने क्षमता हुन जरुरी छ । प्रारम्भिक ब्याट्सम्यानले टिकेर लामो पालि खेल्न सकेको अवस्थामा मात्रै टोलीको जित सहज हुनेछ ।

नेपाली क्रिकेटका युवा ब्याट्सम्यानद्वय दिलीप र सुनिलले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रारम्भिक ब्याट्सम्यानका रूपमा नेपाली टोलीको पालीको सुरुआत गरिसकेका छन् । दिलीप र सुनिल दुवैले ज्ञानेन्द्रकै जोडीका रूपमा खेलिसकेका छन् । यसपटक ज्ञानेन्द्रको जोडी बन्ने प्रतिस्पर्धामा अनुभव र यसअघिका प्रतियोगिताको आधारमा दिलीपभन्दा सुनिल अघि छन् । सुनिलले गत मार्च र अप्रिलमा बंगलादेशमा भएको एसियाली क्रिकेट काउन्सिल (एसीसी) इमर्जिङ टिम्स कपअन्तर्गत पाकिस्तान र बंगलादेशको यू-२३ टोलीविरुद्ध ज्ञानेन्द्रको जोडीका रूपमा नेपाली टोलीको पारिको सुरुआत गरेका थिए । सुनिलले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्ध भएको दुई खेलमा पनि ज्ञानेन्द्रसँगै प्रारम्भिक ब्याट्सम्यानका रूपमा खेलेका थिए ।

दिलीपले भने विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध हालै भएको खेलमा ज्ञानेन्द्रसँग प्रारम्भिक ब्याट्सम्यानका रूपमा खेलेका थिए । टीट्वेन्टी फम्र्याटकै भए पनि हालै भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा दिलीपको भन्दा सुनिलको प्रदर्शन राम्रो थियो । यद्यपि यी दुई खेलाडीबीचको छनोटको आधार मैदानभित्रको अन्य जिम्मेवारी पनि हुन सक्नेछ ।

यसपटक लामो समयदेखि टोलीमा रहँदै आएका सागर पुनसँगै विनोद भण्डारी पनि टोलीबाट बाहिरिएका छन् । विनोद टोलीमा नपर्दा विकेट किपरको कमी भएको छ । विनोदको अनुपस्थितिमा विकेट किपरका लागि विकल्प दिलीप नै हुन् । प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा उनी तयार नभए विकेट किपरको जिम्मेवारी ज्ञानेन्द्रले सम्हाल्ने गरी सुनिलले टोलीको पालि सुरुआत गर्ने सम्भावना छ । ज्ञानेन्द्रले सिनियर राष्ट्रिय टोलीबाट विकेट किपिङ गरेका छैनन्, यद्यपि उनी त्यो भूमिकाका लागि पनि तयार छन् । यसरी दिलीप बाहिरिए टोलीसँग विकेट किपर एकजना मात्रै हुनेछ । यो अवस्थामा कुनै कारणवश ज्ञानेन्द्र खेल्न नसक्ने भए टोलीमा विकेट किपर नहुन पनि सक्नेछ ।

नेपाली टोलीको मध्य क्रमका ब्याट्सम्यान र राम्रा बलर रहेकाले यी दुवै खेलाडीलाई टोलीमा समावेश गर्न पनि मुस्किल छ । नेपाली टोलीको मध्य क्रममा कप्तान पारस खड्का र शरद भेषावकर बलिया खम्बा छन् । त्यसपछि युवा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले पनि मध्य क्रम लिनेछन् । यी दुवै खेलाडीबाट नेपाली टोलीले बलिङको फाइदा पनि लिन सक्नेछ । दीपेन्द्र र आरिफ दुवै मिडियम पेसर हुन् ।

यू-१९ राष्ट्रिय टोलीबाट आएका रोहित पौडेल, अनिलकुमार शाह लगायतका खेलाडीले पनि अन्तिम १४ का लागि बलियो दाबेदारी प्रस्तुत गर्न सक्नेछन् । त्यसमाथि बलरको ‘कोटा’ थप्दा प्रारम्भिक ब्याट्सम्यानका रूपमा अन्तिम १४ मा दिलीप र सुनिलमध्ये एकको मात्रै अवसर देखिएको छ । अन्तिम १४ मा दुवै खेलाडी परे पनि प्लेइङ ११ मा दुवै खेलाडी पर्ने सम्भावना कम छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.