हेलिकोप्टर चार्टर गरेर शपथ खान सुर्खेत अाए सांसद

हेलिकोप्टर चार्टर गरेर शपथ खान सुर्खेत अाए सांसद

सुर्खेत : प्रदेश ६ का प्रदेश सांसदहरुले हेलिकोप्टर चार्टर गरेर पद तथा गोपनीयताको शपथ खाएका छन्। आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टर चार्टर गरेर काठमाडौंबाट सुर्खेत पुगेका सांसदहरुले दिउँसो सपथ खाएका हुन्। काठमाडौंमा रहेका २४ जना सांसद र प्रदेश प्रमुख दुर्गाकेशर खनाल समयमा नै आउन नसकेपछि सपथको कार्यक्रम पनि ढिला सुरु भएको थियो।

हेलिकोप्टरबाट आएपछि आइतबार मात्र प्रदेश प्रमुख खनालले आफ्ना पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेसँगै उनले प्रदेशसभाका सांसदहरुलाई पनि पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। खनालले प्रदेशसभाका जेष्ठ सदस्य हिमबहादुर शाहीलाई सपथ खुवाए। जिल्ला समन्वय समितिको हलमा भएको एक समारोहमा शपथ खाएपछि जेष्ठ सदस्य शाहीले बाँकी सांसदहरुलाई शपथ खुवाएका छन्। दिउँसो १ बजे भएको कार्यक्रममा यो प्रदेशका प्रत्यक्षतर्फका २४ र समानुपातिकतर्फका १६ गरी ४० जना सासंदले शपथ खाएका छन्।

शपथ खाएपछि प्रदेश सांसदहरुले यो प्रदेशको समृद्ध र विकासका लागि सामूहिक रुपमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। कर्णालीको मुहार फेर्नेगरी काम गर्ने सांसदहरुको भनाइ छ। बिहान ११ बजे शपथको कार्यक्रम तय भएको थियो। तर प्रदेश प्रमुख र अधिकांश सांसदहरु काठमाडांबाट ढिला पुगेपछि सपथको कार्यक्रम दिउँसोका लागि सारिएको थियो। शनिबार नै प्रदेश प्रमुख र सांसदहरु वीरेन्द्रनगर आउने भनिए पनि मौसम खराबीका कारण जहाज अवतरण नभएपछि आइतबार बिहान हेलिकोप्टर चार्टर गरेर उनीहरु सुर्खेत आएका हुन्।

saphat-surkhet
पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै सांसदहरु।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.