इटहरी गोल्डकप: झापालाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

इटहरी गोल्डकप: झापालाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

सुनसरी: मदन भण्डारी मेमोरियल इटहरी गोल्डको आइतवार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले बलियो प्रतिद्वन्द्वी झापा-११ लाई पराजित गरेको छ ।

अत्यन्त प्रतिस्पर्धात्मक खेलमा झापाविरुद्ध मनाङले ४-३ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । मना३लाई जिताउने क्रममा सुजल श्रेष्ठले उत्कृष्ट प्रदर्शनसहित ह्याट्रिक गरेका छन् ।

मनाङका लागि अर्को गोल विशाल राईले गरेका थिए । मनाङका लागि ह्याट्रिक गर्ने क्रममा सुजलले खेलको पाँचौ, दशौँ र १९ औँ मिनेटमा गोल गरेका थिए । विशालले खेलको ७६ औँ मिनेटमा निर्णायक गोल गरे ।

अर्कातिर पराजित भएको झापाका लागि करण लिम्बूले पनि ह्याट्रिक गरे । तर करणको ह्याट्रिक झापालाई जिताउन पर्याप्त भएन ।

मनाङलाई जिताउँदा नायक बनेका सुजलले म्यान अफ द म्याच हुँदै नग १० हजार रुपैयाँ पनि हात पारेका छन् । सोमबार हुने अर्को क्वार्टर फाइनल खेलमा विभागीय टोली नेपाल आर्मीले पाहुना टोली भुटानसँग सामना गर्नेछ ।

राष्ट्रिय जागृति युवा क्लबको आयोजनामा भइरहेको यो प्रतियोगिताको विजेता टोलीले सर्वाधिक १२ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.