बार्सिलोनाको गोल वर्षा, मेसी र सुआरेजको २-२ गोल
काठमाडौं : स्पेनिस ला लिगाको यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको बार्सिलोनाले आइतबारको खेलमा रियल बेटिसमाथि गोल वर्षा गरेको छ । ला लिगाको यस सिजनको २० औं खेलमा बार्सिलोनाले रियल बेटिसविरुद्ध ५-० को सानदार जित निकाल्यो ।
रियल बेटिसको होम ग्राउण्डमा भएको खेलमा बार्सिलोनाका लागि मेसी र सुआवारेजले २÷२ गोल गरे भने इभान राकिटिकले १ गोल गरे । पहिलो हाफ गोल रहित बरारीमा सकिएको मा बार्सिलोनाका लागि ५९ औं मिनेटमा इभान राकिटिकले खाता खोलेका थिए । मेसीले खेलको ६४ र ८० मिनेटमा गोल गरे भने सुआरेजले ६९ औं र ८९ औं मिनेटमा गोल गरे ।
२० खेल खेल्दा अपराजित रहँदै शीर्ष स्थान रहेको बार्सिलोनाको ५४ अंक पुगेको छ । दोस्रो स्थानको यथ्लेटिको मड्रिडभन्दा ११ अंकले र तेस्रो स्थानको भ्यालेन्सिया भन्दा १४ अंकले अग्रता बनाएको छ । समान २० खेलबाट यथ्लेटिको मड्रिडको ४३ अंक र भ्यालेन्सियाको ४० अंक रहेको छ । एक खेल कम खेलेको रियल मड्रिड ३५ अंकसहित चौथो रुथानमा खुम्चिएको छ ।