राष्ट्रिय सभा निर्वाचन : कुन प्रदेशमा कुन दलको कति मत ?

राष्ट्रिय सभा निर्वाचन : कुन प्रदेशमा कुन दलको कति मत ?

काठमाडौं : निर्वाचन आयोगले माघ २४ गते तय गरिएको राष्ट्रिय सभाको निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ। राष्ट्रिय सभा निर्वाचनमा ७५३ स्थानीय तहका १५०६ र प्रदेश सभा सदस्य ५५० गरी २०५६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। जसमा महिला मतदाता ९०७ र पुरुष मतदाता ११४९ रहेका छन्।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष मतदाता रहेका छन् भने प्रदेश सभामा १८९ महिला र ३६१ पुरुष मतदाता छन्। सातवटै प्रदेशबाट एक दलित, एक अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक, कम्तिमा ३ महिलासहित ८ जनाको दरले ५६ जना राष्ट्रिय सभा सदस्य चुनिनेछन्। १/१ दलित र अल्पसंख्य वा अपांगता भएका गरी १४ जनाको बहुमतीय प्रणालीबाट निर्वाचन हुनेछ भने ३ महिला र ३ खुलाको गरी जम्मा ४२ जना एकल संक्रमणीय प्रणालीको आधारमा निर्वाचित हुनेछन्।

मन्त्रिपरिषदको सिफारिसमा कम्तिमा १ महिलासहित ३ जना राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ।

स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष वा प्रमुख/उपप्रमुख तथा प्रदेश सभा सदस्य राष्ट्रियसभा निर्वाचनमा मतदाता हुनेछन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ भने प्रदेश सभा सदस्यको मतभार ४८ छ। प्रत्येक प्रदेशको मतसंख्या र मतभार फरक फरक हुनेछ।

स्थानीय तहमा १५०६ मतदाताको २७१०८ मतभार हुन्छ। प्रदेश सभाको ५५० मतदाताको २६४०० मतभार रहेको छ। राष्ट्रिय सभा निर्वाचनको कुल ५३५०८ मतभार हुन्छ। 

कुन प्रदेशमा कति मतदाता र मतभार? इन्फोग्राफिक्स हेर्नुस्।

प्रदेश १ का १३७ स्थानीय तहका २७४ र प्रदेश सभा सदस्य ९३ गरी ३६७ मतदाता हुनेछन्। प्रदेश १ मा स्थानीय तहको ४९३२ र प्रदेश सभाको ४४६४ गरी ९३९६ मतभार हुनेछ।

प्रदेश २ मा १३६ स्थानीय तह छन्। जसमा स्थानीय तहबाट २७२ र प्रदेश सभाबाट १०७ गरी ३७९ मतदाता हुनेछन्। प्रदेश २ मा स्थानीय तहको मतभार ४८९६ छ भने प्रदेश सभा सदस्यको मतभार ५१३६ रहेको छ। प्रदेश २ को कुल मतभार १००३२ हुनेछ। प्रदेश २ मा सबैभन्दा बढी मतभार छ।

११९ स्थानिय तह रहेको प्रदेश ३ मा ११० प्रदेश सभा सदस्य छन्। यो प्रदेशमा स्थानिय तहको २३८ र प्रदेश सभाको ११० गरी ३४८ मतदाता रहेका छन्। स्थानीय तहमा ४२८४ र प्रदेश सभा सदस्यमा ५२८० गरी ९५६४ मतभार रहेको छ।

प्रदेश ४ मा ५ स्थानीय तह रहेका छन्। यो प्रदेशमा स्थानीय तहको १७० र प्रदेश सभाको ६० गरी २३० मतदाता रहेका छन्। स्थानीय तहको ३०६० र प्रदेश सभातर्फ २८० गरी ५९४० मतभार रहेको छ।

प्रदेश ५ मा १०९ स्थानीय तह रहेका छन्। यो प्रदेशमा स्थानीय तहका २१८ र प्रदेश सभाका ८७ गरी ३०५ मतदाता रहेका छन्। जसमा स्थानीय तहको ३९२४ र प्रदेश सभाको ४१७६ गरी ८१०० मतभार हुनेछ।

प्रदेश ६ मा स्थानीय तहको १५८ र प्रदेश सभा ४० गरी १९८ मतदाता रहेका छन्। प्रदेश ६ मा ७९ स्थानीय तह रहेका छन्। यो प्रदेशमा स्थानीय तहको २८४४ र प्रदेश सभाको १९२० गरी ४७६४ मतभार रहेको छ।

प्रदेश ७ मा ८८ वटा स्थानीय तह रहेका छन्। यो प्रदेशमा स्थानीय तहको १७६ र प्रदेश सभाका ५३ गरी २२९ मतदाता रहेका छन्। प्रदेश ७ मा स्थानीय तहको ३१६ र प्रदेश सभाको २५४४ गरी ५७१२ मतभार रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.