छोरीको बिहेका कारण भरत खड्काले सपथ लिन पाएनन‍्

छोरीको बिहेका कारण भरत खड्काले सपथ लिन पाएनन‍्

धनगढी : ५३ सदस्यीय प्रदेश सभा रहेको प्रदेश नम्बर ७ मा ५१ जना प्रदेश सभा सदस्यहरुले सपथ लिएका छन। शनिबार नेपालगञ्ज र धनगढीका उडानहरु अवरुद्ध भएपछि सडक मार्गबाट प्रदेश प्रमुखले आउनमा ढिलाई भएकाले निर्धारित समय भन्दा चार घण्टा ढिलो सपथ ग्रहण कार्यक्रम भएको हो। विहान ११ बजेदेखि हुने भनिएको सपथग्रहण अपरान्ह ३ बजे मात्रै सुरु भएको थियो।

सबैभन्दा पहिला प्रदेश प्रमुखले जेष्ठ प्रदेश सभा सदस्य दिब्यस्वरी शाहलाई पद तथा गोपनियताको सपथ खुवाए भने त्यसपछि शाहले अरु प्रदेश सभा सदस्यहरुलाई सपथग्रहण गराईन। ७४ वर्षिया शाह नेपाली काँग्रेसको तर्कबाट समानुपातिकका चयन प्रदेश सभा सदस्य हुन। दुई दिनको तयारीमा प्रदेश सभा कार्यालय ब्यवस्थापन समितिले जिल्ला समुन्वय समितिको सभाकक्षलाई प्रदेश सभा भवनका लागि छनौट गरेपछि सपथ पनि त्यही भएको हो।

डोटी क क्षेत्रबाट भरत खडका र नेकपा एमालेको तर्फबाट कैलालीबाट समानुपातिकमा निर्वाचित चुनकुमारी चौधरी बाहेक ५१ जना प्रदेश सभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन। भरत खडकाको सोमबार छोरीको विवाह हुने र समानुपातिकको प्रमाणपत्र बुझ्नका लागि काठमाण्डौंमा रहेकी चुनकुमारी चौधरी आउन ढिलाई भएकाले उपस्थित हुन नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ।

सपथग्रहण कार्यक्रमपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रदेश प्रमुख मोहनराज मल्लले छिट्टै प्रदेश सभाको वैठक वोलाउने वताए। प्रदेश सभाका सदस्यहरुलाई शपथ खुवाएपछि मल्लले प्रदेश सभाको पहिलो वैठक तोकिएकै समय सीमाभित्र वोलाउने वताएका हुन।

संबिधानमा, निर्वाचन आयोगले प्रदेश सभाको घोषणा गरेको २० दिनभीत्र प्रदेश सभाको पहिलो अधिवेशन बोलाउने प्रावधान छ। २ गते प्रदेश सभा परिणामको घोषणा भएकाले माघ २३ गतेभीत्रै प्रदेश संसदको अधिवेशन बोलाउनुपर्र्ने हुन्छ। ‘म तोकीएको समयसीमा भीत्रै संसदको पहिलो अधिवेशन बोलाउने छु’ प्रदेश प्रमुख मल्लले भने।

यस्तै पहिलो अधिवेशनको १५ दिनभीत्र प्रदेश सभामुख र उपसभामुखको चयन, ३० दिनभीत्र मुख्यमन्त्रीको चयन गरिसक्ने संबैधानिक ब्यवस्था छ। अझ सरकारले तत्काल काम चालउनका लागि अस्थायी राजधानी तोके पनि प्रदेशको राजधानी भने प्रदेश सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतबाट आफैँले तोक्न सक्ने सवैधानिक व्यवस्था छ।

हतारमा हतारमा सपथ

कतिपय प्रदेश सभा सदस्यहरुले भने हतार हतारमा सपथ कार्यक्रममा आउनु परेको बताएका छन्। हुस्सुका कारण काठमाडौ-धनगढी उडान रद्ध भएपछि हतार हतार सडकमार्ग भएर सपथ समारोहमा उपस्थीत हुनपेरेकाले साडी समेत लाउन नपाएको माओवादी केन्द्रको तर्फबाट समानुपातिक प्रदेश सभा सदस्य विनीता चौधरीले बताईन। विनीताले कुर्ता सलवारमै सपथ लिएकी थिईन।

सपथ ग्रहण समारोहमा राजपाका सांसद कृष्ण चौधरीले थारु पहिचान झल्कीने सेतो धोती लगाएर सपथ लिएका थिए भने मुख्यमन्त्रीका दाबेदार मानिएका विरमान चौधरी सहितका चौधरी प्रदेश सभा सदस्यहरुले थारु भाषामा सपथ लिएका थिए।

अधिकांस सदस्यह दौरा सुरुवालमा ढाका टोपी लगाएर सपथ समारोहमा उपस्थीत भएका बेला डडेल्धुराबाट निर्वाचीत नेपाली कांग्रेसका प्रदेश सभा सदस्य कर्ण मल्लले बिबाहमा दुलाहाले लगाउने जस्तै दुबोको माला लगाएर आएका थिए। सपथ ग्रहण अघि धनगढीमै रहेको ससुरालीमा गएको र त्यहाँ दुबोको माला लगाई दिएको मल्लले बताए।


प्रदेश प्रमुखद्वारा पदभार ग्रहण :  प्रदेश सभाको संरक्षक भएर काम गर्ने प्रतिवद्धता

प्रदेश नम्बर ७ का नवनियुक्त प्रदेश प्रमुख मोहनराज मल्लले आफुले संविधानको संरक्षक भएर प्रदेश संसदको सल्लाहकारका रुपमा काम गर्ने बताएका छन। काठमाण्डौंबाट सडकमार्ग भएर आईतबार धनगढी पुगेका प्रदेश प्रमुख मल्लले प्रदेश प्रमुखको पदभार ग्रहण गर्दै आफुले सबैलाई मिलाएर लैजाने बताए। ‘हामीलाई संविधानले लक्ष्मण रेखा कोरि दिएको छ, त्यो भीत्र रहेर हामीले काम गर्ने हो, म प्रदेश संसदको सल्लाहकार भएर काम गर्नेछु’ उनले भने।

आफुले जीवनको उत्तरार्धमा आएर देशको महत्वपुर्ण जिम्मेवारी पाएकाले अहिले सम्म गरिएको निस्कलंक कामलाई निरन्तरता दिने बताए। ‘मैले जीवनको उत्तरार्धमा आएर देशको सेवागर्ने यो महत्वपुर्ण जिम्मेवारी पाएको छु, म विगतको जस्तै निस्कलंक भएर काम गर्नेछु’ उनले भने।

प्रदेश प्रमुखको सचिवालयका लागि धनगढीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयको नवनिर्मित भवनको कार्यालय छनौट गरिएको छ। हतारमा प्रदेशको अस्थाई राजधानी घोषणा गरिएकाले उनको सचिवालयको भुईतलामा अझै फर्चिनर मिलाउन बाँकी छ। प्रदेश प्रमुखलाई नेपाली सेनाले सलामी अर्पण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.