इटहरी गोल्डकपः भुटानविरुद्ध आर्मीको फराकिलो जित

इटहरी गोल्डकपः भुटानविरुद्ध आर्मीको फराकिलो जित

इटहरी: ड्रुक युनाइटेड एफसी भुटानलाई ५–० गोलको अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लब इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

आर्मीका लागि पहिलो हाफको २० औँ र ४० औँ मिनेटमा त्रिभुवन आर्मी क्लबका पदम तामाङ्गले पुनः १ गोल गर्दै आफ्नो टिमको पक्षमा २ गोल बनाएका थिए ।

दोस्रो हाफको १६ औँ मिनेटमा आर्मीका दिनेश हेनजमले र ३० औ मिनेटमा टंक बस्नेतले १–१ गोल थपेर आफ्नो टिमको पक्षमा ४ गोल बनाए । खेलको ३४ औ मिनेटमा आर्मीका पदम तामाङ्गले पुनः १ गोल गरेर जित दिलाएका थिए ।

आजको खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मी क्लब काठमाडौँका पदम तामाङ्ग घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरेका छन् ।

क्वाटर फाईनल अन्तर्गतको अन्तिम खेल मङ्गलवार आयोजक राष्ट्रिय जागृती क्लब इटहरी र गरिफा स्पोर्टिङ क्लब कोलकता बिच हुने आयोजक आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ । विजेताले १२ लाख रुपैयाँका साथमा चाँदी र सुनको ट्रफी पाउनेछन् भने उपविजेताले ६ लाख रुपैयाँ पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.