नेपाली बजारमा छलाङ मार्दै हुवावे ‘नोभा -२ आई’
काठमाडौं : मोबाइलको विश्वबजारमा ठूलो हिस्सा ओगटेको हुवावेले आफ्नो नयाँ उत्पादन स्वरूप केही समय अघि नेपाली बजारमा ‘नोभा २–आई’ सार्वजनिक गर्यो। स्मार्टफोनको बजारमा प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्ने योजनाका साथ कम्पनीले सार्वजनिक गरेको उक्त उत्पादनले केही समयमै ठूलो सफलता हात पारिसकेको छ। चारवटा क्यामरा भएको नेपालमै पहिलो स्मार्टफोनको रूपमा भित्रिएको नोभा २–आईमा प्रयोग भएका क्यामरा, प्रविधि र यसको बनावटले प्रयोगकर्तालाई अकर्षित गरेको छ।
'नेपाली स्मार्ट फोनको बजारमा पछिल्लो समय ग्राहको माग क्यामरा फोनमा बढी रहेको छ । त्यसलाई मध्यनजर गर्दै बजारमा अन्य कम्पनीले पनि यस्ता उत्पादन नभित्र्याउलान भन्न सकिदैन,' हुवावे नेपालका लागि बजार व्यवस्थापक समित प्रधानांग भन्छन्, ' यहीबीचमा हुवावेले नेपाली ग्राहका लागि यस्तो पहिलो प्रोडक्ट दिएको छ। त्यसैले त,नोभा-२ आईले छोटो समयमै उत्कृष्टि उत्पादनका रुपमा ग्राहकको मन जित्न सफल भएको छ। यो नै नोभा-२ आई र हुवावेको सफलता हो। यतिसम्मकी नोभा-२ आईलाई कम्पनीले नेपाली बजारमा हुवावेको अहिलेसम्मकै सफल उत्पादनको रुपमा लिएको छ।'
विश्व बजारमै कम्पनीले इनोभेसन र प्रविधिको उच्चतम प्रयोग भएको नयाँ प्रोडक्ट रूपमा यसलाई सार्वजनिक गरेको थियो। हुन पनि हो, यो मूल्यमा सायदै अन्य कम्पनीले कुनै एक स्टर्माफोनमा यति धेरै फिचर्सलाई समावेश गरेका छन्। ३३ हजार नौ सय रूपैंयामा नेपाली बजारमा सार्वजनिक गरेको नोभा टु आईले ग्राहकलाई स्मार्टफोन प्रयोगको नयाँ अनुभुती प्रदान गर्न सफल भएको छ।
हुवावे नोभा -२ आई माेबाइले खिचेकाे तस्बिर ।
‘नेपालको परिवेशमा हेर्ने हो भने यहाँ ५० हजारभन्दा बढीको स्मार्टफोन बोक्ने ग्राहकको संख्या कमै मात्रामा छन्’ सन मोबाइल कोटेश्वरका सञ्चालक दिपेन्द्र बानियाँ भन्छन्, ‘यहाँ राम्रो स्मार्टफोन भनेर ३०–४० हजार रूपैयाँ पर्ने स्मार्टफोन प्रयोग गर्ने मानिस धेरै छन्। तर ग्राहकले त्यसमा खर्च गरेको पैसाको प्रतिफल पाउन सकेका छैनन्। त्यसैलाई चिर्दै हुवावेले नोभा टु आई सार्वजनिक गरेकाे छ।
बानियाँले भने,' नोभा २–आई मिड रेन्जको स्मार्टफोनमा एउटा उदाहरण हो। अन्य कम्पनीले कुनै एक उत्पादनमा त्यसमा पनि कुनै एक कुरालाई बढी प्राथामिकतामा राखेको पाइन्छ।' तर, नोभा टु आईमा कम्पनीले हरेक कुरालाई समान प्राथामिता दिएको छ। त्यसैले त, नोभा टु आइ वनावटका हिसाबले पनि फ्ल्यागसिप स्मार्टफोन जस्तै देखिन्छ’, उनले थपे।
पि ९ बाट हुवावेले नेपाली बजारमा डबल क्यामरा भित्र्याएको थियो। पी १० सम्म आई पुग्दा कम्पनीले त्यसलाई अझ परिस्कृत गरेको छ। पी १० मा प्रयोग भएको क्यामराले त विश्व बजारमै विभिन्न अवार्ड नै हात पारिसकेको छ। त्यसैको निरन्तरतास्वरूप क्यामरा फोनको रूपमा ल्याएको नोभा टु आईमा कम्पनीले क्यामरालाई अझ परिष्कृत बनाएको छ।
फोनको अघिल्लो र पछिल्लो दुवै भागमा बाेके इफेक्टसहितको दुई–दुईवटा क्यामरा रहेका छन्। फोटो खिच्न रुचाउने प्रयोगकर्ताका लागि यो फोनले डिएसएलआरलाई बिर्स्याउने छ। क्यामराको साथै यो स्मार्टफोन पफर्मेन्स वाइज पनि उत्तिकै राम्रो छ। एक पटक स्मार्टफोन खरिद गरेपछि तीन चार वर्ष चलाउन चाहने, राम्रा र ठूला गेम खेल्न चाहने, ब्याट्री लामो समयसम्म टिक्ने र राम्रो फोटो खिच्ने क्यामरा भएको स्मार्टफोन खोज्ने प्रयोगकर्ताको यो स्मार्टफोन पहिलो रोजाइ हो। यो स्मार्टफोन नेपाली बजारमा ग्राफिट ब्ल्याक, प्रेस्टिजियस गोल्ड र अराेरा ब्ल्यु गरी तीन कलरमा उपलब्ध छ।
बनावट/डिस्प्ले
बनावटका आधारमा यो स्मार्टफोनले हाइ रेन्जका स्मार्टफोनलाई मात दिएको छ। फूलभ्यू डिस्प्ले प्रविधिका साथ ५.९ इन्च वेजल–लेस स्क्रीन रहेको छ। यसलाई २.५ डी कर्भ ग्लासले सुरक्षित गरिएको छ। स्मार्टफोनको रिजोलूसन १०८० गुणा २१६० पिक्सल रहेको छ। कर्भ एज मेटल बडीका साथ आएको उक्त स्मार्टफोनको पछिल्लो भागमा रहेको फिंगर सेन्सर र फ्ल्यास लाईट इन्डीकेटरले स्मार्टफोनको पछाडीको लुक्सलाई आकर्षक बनाएको छ। प्रयोगमा सहज र ह्यान्डी यो स्मार्टफोन सबैको हातमा सुहाउँदो रहेको छ।
प्रविधि
हुवावे नोभा २–आई फ्ल्याकसीप रेन्जमा अहिलेसम्म कै अत्याधुनिक र बढी सुविधायुक्त समार्टफोनको रूपमा रहेको कम्पनीले जनाएको छ। हुवावे नोभा २ आईमा ८३ प्रतिशतको स्क्रीन–टु–बडी रेसियो र १८ः९ आस्पेक्ट छ। यसले तस्बीरलाई आकर्षक र सफा देखाउने कम्पनीले जनाएको छ। हेर्दा आकर्षक देखिने हुवावे नोभा २ आई स्मार्टफोन सेटलाई यसभित्र ८ कोर किरिन ६५९ चिपसेट, ४ जिबी र्याम, ६४ जिबी रोम रहेको छ। एन्ड्रोइड नुगट सेभेनमा आधारित हुवावे नोभा २–आईमा फिंगरप्रिन्ट सेन्सर रहेको छ। यसमा ३३४० एमएएच ब्याट्री रहेको छ।
क्यामरा
नेपालमै पहिलो पटक कम्पनीले चारवटा क्यामराकाे साथ ल्याएकाे नोभा टु आईले स्मार्टफोन फोटोग्राफीको नयाँ अध्ययाको सुरुवात गरेको छ। फ्रन्ट र ब्याक डुअल–लेन्स क्यामराको फिचरको साथ आएको नोभ २ आईमा फ्रन्ट–फेसिङ १३/२ मेगापिक्सलको प्रिमियम सेल्फी क्यामरा रहेको छ। यसले पोट्रेट फोटोग्राफीको स्तरलाई माथि उकासेको छ।
रियर फेसिङ क्यामरामा १६/२ मेगा पिक्सलको लेन्स छ। दुवै डुअल–लेन्स क्यामरामा अझ स्पष्ट, सफा र कलात्मक फोटो लिन मद्धत गर्ने कम्पनीले जनाएको छ। आरजीबी सेन्सरको साथ आएको स्मार्टफोनले डिटेल सहितको उत्कृष्ट फोटो क्याप्चर गर्न मद्दत गर्नेछ। फोनमा पोर्टेट मोड, वाइड एपेर्चर मोड र मोसन फोटोलगायतका क्यामरा मोड रहेका छन्।
रियर फेसिङ क्यामरामा १६/२ मेगा पिक्सलको लेन्स छ । दुवै डुअल–लेन्स क्यामरामा अझ स्पष्ट, सफा र कलात्मक फोटो लिन मद्धत गर्ने कम्पनीले जनाएको छ । यसमा रहेकाे बोके फिचरले फाेटाे खिच्दा अाफूले चाहेअनुसार पछाडिकाे भागमा रहेकाे वस्तुलाई मधुराे बनाउन सकिन्छ । आरजीबी सेन्सरको साथ आएको स्मार्टफोनले डिटेलसहितको उत्कृष्ट फोटो क्याप्चर गर्न मद्दत गर्नेछ । फोनमा पोर्टेट मोड, वाइड एपेर्चर मोड र मोशन फोटो लगायतका क्यामरा मोड रहेका छन् ।
यसमा रहेको १३ एमपी तथा २ एमपी प्रिमियम सेल्फीक्यामेरा पोट्रेट फोटोग्राफीका साथै स्टुडियो क्वालिटीको फोटो निकाल्नका लागि उपयुक्त छ। प्रकाश भएको वा कम प्रकाश भएको स्थानमा समेत यसमा उपलब्ध युनिफर्म लाइटिङ र सफ्ट लाइट्स सेल्फी फल्यासको सहायताले उच्चगुणस्तरीय फोटो खिच्न सकिने कम्पनीले जनाएको छ।
नोभा २–आइ फिचर्स
स्क्रिन : ५.९ इन्च आइपीएस एलसीडी(१०८० गुणा २१६० पिक्सल)
प्रोसेसर : ८ कोर हाईसिलिकन किरिन ६५९ अक्टाकोर
र्याम : ४ जीबी
रोम : ६४ जीबी
एन्ड्रोएड : एन्ड्रोएड नुगट ७.००
क्यामरा : ब्याक १६/२ र फ्रन्ट १३/२ मेगापिक्सल
ब्याट्रि : ३३४० एमएएच
मुल्य : ३३,९००