प्रदेश ३ का मन्त्रालय राख्ने भवनको मर्मत र सरसफाई सुरु

प्रदेश ३ का मन्त्रालय राख्ने भवनको मर्मत र सरसफाई सुरु

हेटौंडा : प्रदेश नम्बर ३ का मन्त्रालय राख्ने भवनको मर्मत र सरसफाई थालिएको छ। प्रदेशसभा सांसदको पद तथा गोपनीयताको सपथसँगै प्रदेश सरकार निर्माणको बाटो खुलेपछि कर्मचारीले मन्त्रालय बस्ने भवन खोजीकार्य सुरु गरेका हुन्।

प्रदेशस्तरीय मन्त्रालयको कार्यालय र मन्त्रीको निवास राख्ने भवन टुङ्गो लगाएर प्रदेश प्रमुखको कार्यालय तथा अन्य सरकारी कार्यालयका कर्मचारीले मंगलबार अनुगमनसमेत गरेका छन्। क्षेत्रीय वन कार्यालय, डिभिजन सहकारी कार्यालय, जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, श्रम कार्यालयको नयाँ भवन, जिल्ला वन कार्यालय र हेटौंडा कपडा उद्योगको हलमा मन्त्रालय राख्न तयारी सुरु गरिएको प्रमुख जिल्ला अधिकारी चक्र बुढाले बताए।

महिला विकास कार्यालयको भवन, जिल्ला जनस्वास्थ्य र कृषि विकास कार्यालयको भवनलाई पनि मन्त्रालय भवनको विकल्पको रुपमा राखिएको उनले जानकरी दिए। प्रदेशस्तरीय मन्त्रीको निवास हेटौंडा सिमेन्ट उद्योगको क्वाटरलाई तोकिएको छ।

मुख्यमन्त्रीको आवास अहिले अख्तियार कार्यालय रहेको भवनमा हुने प्रमुख जिल्ला अधिकारी बुढाले बताए। सचिवको आवास क्षेत्रीय वनको आवासमा र अन्य सचिवको आवास सडक कम्प्लेक्समा राख्ने तयारी भइरहेको छ।

‘हामीले सात वटा मन्त्रालय राख्न मिल्ने गरी भवनको निक्र्याैल गरी मर्मत र सरसफाइको काम थालेका छौं’, सह क्षेत्रीय प्रशासक मनोहर खनालले भने, ‘पछि मन्त्रालय थप भएमा अन्य भवनको पनि व्यवस्था गर्छौ।’ सरसफाई र मर्मतसँगै भवनमा रंग रोगनको पनि काम गरिने उनले बताए। मन्त्रालयको भवन खोजीमा क्षेत्रीय प्रशासक, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रका प्रमुखलगायत खटेका छन्।

मन्त्रालयका लागि भवन छनोट गरेपनि हाल रहेका कार्यालय व्यवस्थापनमा भने केही समस्या भएको छ। सहकारी र शिक्षा कार्यालय तत्कालको लागि हेटौंडा उपमहानगरपालिकामा सार्ने, जिल्ला समन्वय समितिको कार्यालय घरेलु तथा साना उद्योग कार्यालयको नयाँ भवनमा सार्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बुढाले बताए।

‘स्थानीयत तहमा जानुपर्ने कार्यालय पनि जिल्लामा नै छन्, विभाग र मन्त्रालयले पनि यस विषयमा कडाई नगरेकाले केही समस्या भने भएको छ’, उनले भने। जिल्ला समन्वय समितिको नयाँ भवनमा मुख्य मन्त्री र सहायक मुख्य मन्त्रीको कार्यालय राख्ने बारेमा यसअघि नै निक्र्यौल भइसकेको छ। क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुखको कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा प्रदेशसभाको सचिवालय राखिइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.