राष्ट्रिय सभा: एमालेले टुंग्यायो प्रदेश १ देखि ४ का उम्मेदवार
काठमाडौँ: नेकपा एमालेले राष्ट्रिय सभाका लागि सबै प्रदेशको उम्मेदवारको टुंगो लगाएको छ। मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रदेश १ देखि ४ सम्मका उम्मेदवारको टुंगो लगाएको हो ।
एमालेले प्रदेश नम्बर २ मा भने सप्तरीका सुमनराज प्याकुरेललाई खुलातर्फबाट उठाउने निर्णय गरेको छ । एमालेले आफ्नो भागमा परेका २९ स्थानका लागि उम्मेदवार टुंग्याएको हो ।
प्रदेश नम्बर १
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नम्बर २
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नम्बर ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नम्बर ४
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ