‘छपकैयामा सीमा मिचिएकै छ

‘छपकैयामा सीमा मिचिएकै छ

काठमाडौं : दुई वाम विद्यार्थी संगठनले वीरगन्जको छपकैयामा भारतीय पक्षबाट नयाँ पिलर राख्दा नेपालको सीमा मिचिएको प्रतिवेदन सार्वजनिक गरेका छन्। सरकारले भारतीय पक्षबाट सीमा मिचिएको तथ्य-प्रमाण नभेटेको बताइरहँदा एमाले र माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले सीमा मिचिएको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन्।

बुधबार राजधानीमा प्रतिवेदन सार्वजनिक गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ र अनेरास्ववियुकी अध्यक्ष नविना लामाले नेपालीले बर्सौंदेखि हकभोग गरी आएको, नेपाली लालपुर्जा र तिरो तिरेको रसिदसमेत भएको कैयौं बिघा भूमि भारतमा पर्ने गरी नयाँ सीमास्तम्भ गाडिएको अध्ययनका क्रममा फेला परेको बताएका छन्।

कालापानी र सुस्ताबाहेक सबैतिर सीमा विवाद सल्टिएको सरकारको भनाइ आधारहीन र मिथ्या साबित भएकाले सीमाविवादको समग्र समाधान खोज्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्। दुवै विद्यार्थी संगठनको टोली माघ ६ गते विवादित क्षेत्र छपकैया पुगेर त्यहाँका स्थानीयसँग अन्तरक्रिया गर्ने, गाडिएका नयाँ पिलरमा संयुक्त पत्रकार सम्मेलन, सीमाविद्हरूसँग समेत अन्तरक्रिया गरेर फर्केको थियो।

दुवै विद्यार्थी संगठनले ‘स्ट्रिप म्याप' तयार पार्ने जेटीसीले सुगौली सन्धीताकाको नदी सिमानालाई मुख्य आधार मानिएको बताए पनि नेपालसँग नदी सिमानाको भरपर्दो अभिलेख नहुनु र नेपाली प्राविधिक टोलीको कमजोर अध्ययनका कारण पनि ‘स्ट्रिप म्याप'मा चुकेको प्रतिवेदन सार्वजनिक गरेका छन्।

सरकारले ‘स्ट्रिप म्याप'का आधारमा नेपाली जमिन नमिचिएको जिकिर गर्दै आएको छ। दुवै विद्यार्थी संगठनले ‘स्ट्रिप म्याप' तयार पार्ने जेटीसीले सुगौली सन्धीताकाको नदी सिमानालाई मुख्य आधार मानिएको बताए पनि नेपालसँग नदी सिमानाको भरपर्दो अभिलेख नहुनु र नेपाली प्राविधिक टोलीको कमजोर अध्ययनका कारण पनि ‘स्ट्रिप म्याप'मा चुकेको प्रतिवेदन सार्वजनिक गरेका छन्। सरकारी पक्षले एक इन्च सीमा नमिचिएको एकोहोरो दाबीको मुख्य आधार ‘स्ट्रिप म्याप'लाई बनाएको तर विद्यार्थी टोलीले त्यही ‘स्ट्रिप म्याप'कै कारण सीमा मिचिएको निष्कर्ष निकालेको छ।

‘नेपाली पक्षको हेलचेक्र्याइँकै कारण छपकैया, पर्सामा मुख्य स्तम्भ ३९१ देखि ३९३ सम्म करिब १ सय ३८ फिटका दरले ३ किमी जतिको दूरीमा ठाउँठाउँमा नेपाली भूमि भारततर्फ परेको छ', दुवै विद्यार्थी संगठनको प्रतिवेदनमा भनिएको छ, ‘जस्तो ३९२ पिलर को ६ नम्बर सहायक पिलर स्थानीयवासी रविन्द्र महतोको कित्ता नम्बर १४ जग्गामा परेको छ। यो पिलरले सिर्सिया नदीपारि रहेको कित्ता नम्बर १, २ र ३ लाई रातारात भारतीय भूमि कायम गरिएको छ। यसरी हेर्दा करीब ५० बिघाभन्दा बढी नेपाली भूमि मिचिएको छ।'

दुवै विद्यार्थी संगठनले ‘स्ट्रिप म्याप'माथि राष्ट्रिय बहस गरी पुनरवलोकन गर्नुपर्ने, पुनरावलोकन गर्दा पुरानो मुख्य (जंगे पिलर), ऐतिहासिक मान्यता र स्थानीयवासीको भोगचलनलगायत प्रमाणलाई आधार बनाइनुपर्ने, वर्र्षौंदेखि सीमारक्षा गरी बसेका सीमा क्षेत्रका स्थानीयसँग यथेष्ट छलफल, सरोकारवालासँग सुनुवाइ गरी सीमांकनमा उचित ग्राह्यता दिनुपर्नेलगायत सुझाव पनि दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.