क्यान निलम्बन फुकुवाको अन्तिम उपाय खोजिँदै

क्यान निलम्बन फुकुवाको अन्तिम उपाय खोजिँदै

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवाको विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टोली नेपाल आउँदै छ । निलम्बन फुकुवाको विषयमा सबैलाई मान्य हुने अन्तिम उपायको खोजी भइरहेको छ । यो विषयमा छलफल गर्न आईसीसीको टोली यही साता नेपाल आउँदै छ ।

उपाध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले आईसीसीले यस अघि गठन गरेको सल्लाहकार समूहका सदस्यहरु, क्यानको निर्वाचित समितीका पदाधिकारी र सरकारी अधिकारीसँग छलफल गरी निलम्बन फुकुवा गर्न सबैलाई मान्य हुने अन्तिम उपाय निकाल्ने बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । आईसिसी प्रतिनिधि मण्डलले यही आइतबार र सोमबार चतुरबहादुर चन्द अध्यक्षताको क्यानको निर्वाचित समिती, सल्लाहकार समूहका पदाधिकारी तथा सरकारी अधिकारीसँग छलफल गर्ने छ्।

आईसीसीले आफ्नो विज्ञप्तिमा यस पटकको भ्रमण क्यानमाथीको निलम्बन फुकुवा र आईसिसीमा क्यानको सदस्यता पुनप्राप्तीको प्रकृयामा महत्वपुर्ण हुने जनाएको छ । स्वतन्त्र निर्वाचन हुन नसकेको र सरकारी हस्तक्षेप भएको कारण जनाउदै आईसीसीले गत वैशाख १२ गत्ते क्यानमाथि निलम्बनको निर्णय गरेको थियो । त्यस यता नेपाली राष्ट्रिय टोलीले आईसीसीकै ब्यवस्थापनमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आइरहेको छ । नेपाली क्रिकेटको नेतृत्व आईसीसीले लिएसँगै घरेलु क्रिकेट भने संकटमा परेको छ।

आईसिसीले क्यानमाथीको निलम्बन फुकुवाको प्रकृया स्वरुप सल्लाहकार समूहको गठन गरी काम अघि बढाएको थियो । जसले तयार पारेको विधानलाई आईसीसी र सल्लाहकार समूहमा भएको सहमती अनुसार क्यानको निर्वाचित समितीको विशेष साधारण सभाले संशोधनसहित पारित गरेको थियो । शंसोधित विधानलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत मान्यता दिएपछि क्यानको निर्वाचित समितीले शंसोधित बिधानअनुसार जिल्लाको निर्वाचन पनि सम्पन्न गरीसकेको छ ।

यद्यपी आइसीसीको अनुरोधमा शंसोधित विधान कार्यान्वयनको प्रकृया हाल रोकिएको छ । आईसीसीले बिहीबारको बिज्ञप्तिमा क्यानको निर्वाचित समितीको विशेष साधारण सभाले सल्लाहकार समूहले तयार पारेको विधानलाई हुबहु पारित नगरेको र सो कार्य आईसिसीसँग भएको सहमतीको विरुद्धमा भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.