गरिफालाई हराउँदै मनाङ्ग इटहरी गोल्डकपको फाइनलमा

गरिफालाई हराउँदै मनाङ्ग इटहरी गोल्डकपको फाइनलमा

इटहरी: कोलकाताको गरिफा स्पोर्टिङ क्लबलाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब मदन भण्डारी स्मृति इटहरी गोल्डकपको फाइनलमा पुगेको छ । शनिबार हुने फाइनल खेलमा मनाङ थ्री स्टारसँग भिड्नेछ ।

इटहरीको क्षेत्रीय रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा गरिफालाई मनाङ्गले पराजित गरेको हो । प्रतिष्पर्धात्मक पहिलो हाफको निर्धारित समयमा दुबै टिमबाट गोल हुन सकेन ।

दोस्रो हाफमा भने मनाङका लागि खेलको २ मिनेटमै सन्तोष साहुखालले गोल गरेका थिए भने २२ औं मिनेटमा उनले अर्को गोल थपेका थिए । खेलको ३० औं मिनेटमा मनाङ्गको तर्फबाट विमल रानाले गोल गरे । खेलको म्यान अफ द म्याच मनाङका सन्तोष साहुखाल घोषित भए ।

नेपालमै अहिलेसम्मको सबैभन्दा धेरै पुरस्कार राशीको मदन भण्डारी इटहरी गोल्डकप प्रतियोगिताका विजेताले १२ लाख नगदसहित ८० तोलाकोे चाँदीको कपमा अढाई तोला सुनको मदन भण्डारीको लोगो राखिएको कप पाउने छ भने उपविजेताले ६ लाख रुपैया पाउने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगद सहित ३२ इन्चको टिभी, प्रत्येक खेलको म्यान अफ द म्याच १० हजार र विभिन्न विधामा उत्कृष्ट खेलाडीले नगद २० हजार पाउनेछन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.