एनएनआईपीए सम्मान यसै महिना

एनएनआईपीए सम्मान यसै महिना

काठमाडौं : यसअघि २५ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरेको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले यसपटक भने ३५ खेलका उत्कृष्ट खेलाडीलाई सम्मानित गर्ने भएको छ । खेल क्षेत्रबाट राष्ट्रको गौरव बढाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका खेलाडीलाई सम्मान गर्ने आफ्नो परम्परालाई अझ बृहत् बनाउँदै संघले माघ २७ गते टोखा नगरपालिकामा सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो।

‘खेल क्षेत्रबाट देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान दिन खेलाडीको सम्मान गर्ने आफ्नो प्रयासलाई हामी अझ बृहत् बनाउँदै लैजाने अभियानमा छौं’, खेलाडी सम्मान कार्यक्रमबारे जानकारी दिन राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दीपक श्रेष्ठले भने, ‘त्यसैले यसअघि २५ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरेकोमा यसपटक त्यो संख्या बढाएर ३५ पुर्‍याएका छौं ।’

संघका उपाध्यक्ष दीपक थापाले पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएका ३५ वटै खेलका एक÷एकजना खेलाडीलाई उनीहरूको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीको सम्मान प्रदान गर्न लागिएको बताए । सम्मानित खेलाडीले जनही १० हजार रुपैयाँ नगद पुरस्कारसँगै सम्मानपत्र पाउनेछन् । संघले उत्कृष्ट घोषित खेलाडीको तस्बिरसहितको क्यालेन्डर पनि प्रकाशित गर्दै आएको छ ।

सम्मान कार्यक्रममा पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित ‘गजराज जोशी आदर्श खेलाडी सम्मान’ पनि प्रदान गरिनेछ । उक्त सम्मानको प्रायोजन भने गजराज जोशी ट्रस्टले गर्नेछ । उक्त सम्मानबाट सम्मानित हुने व्यक्तित्वले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । संघका निवर्तमान अध्यक्ष दीपक विष्टले स्व. गजराज जोशीप्रति विशेष सम्मान प्रदान गर्ने उद्देश्यले यसपटकको कार्यक्रम उनकै जन्मस्थल टोखामा आयोजना गर्न लागिएको बताए ।

‘देशभरका खेलाडीको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ सम्पूर्ण खेलाडीको हकहितमा समर्पित संस्था हो । खेलाडीको सुखमा उत्प्रेरणा प्रदान गर्नेमात्र होइन, कठिन अवस्थामा सहयोगीका रूपमा प्रस्तुत हुनुलाई पनि संघले आफ्नो मुख्य कर्तव्य ठान्दै आएको छ’, संघका उपाध्यक्ष हरि खड्काद्वारा वाचन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

टोखा नगरपालिकाका प्रतिनिधि दीपक जोशीले यसपटकको खेलाडी सम्मान कार्यक्रम टोखामा आयोजना गर्न लागिएकोमा खुसी व्यक्त गर्दै सम्मान कार्यक्रमलाई सफल बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । एनएनआईपीए उत्कृष्ट खेलाडी-२०७३ बाट फुटबल, क्रिकेट, कराँते, तेक्वान्दो, उसु, बक्सिङ, एथलेटिक्स, भलिबल, भारोत्तोलन, पौडी, जुडो, आर्चरी, सुटिङ र कुस्ती रहेका छन्।

यसैगरी लनटेनिस, सफ्टटेनिस, टेबुलटेनिस, कबड्डी, जिम्न्यास्टिक, बास्केटबल, ह्यान्डबल, हक्की, बुद्धिचाल, साइक्लिङ, स्क्वास, ट्रायथोलन, खोखो, स्कुनर एन्ड बिलियार्ड, फेन्सिङ, शारीरिक सुगठन, ब्याडमिन्टन, आईटीएफ तेक्वान्दो, सेपाक ताक्रो, फुलकन्ट्याक्ट कराँते र गल्फ खेलका पनि एक÷एकजना खेलाडी उत्कृष्ट खेलाडी सम्मानबाट सम्मानित हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.